cancel
पाटन अस्पतालमा बेवारिसे शवको खात लागेको तीन महिना भयो, उठाउने कसले? प्रहरीले कि ललितपुर उपमहानगरपालिकाले? अहिले यही विषयमा विवाद भएको छ। पाटन अस्पतालको मुर्दाघरमा रहेको फ्रिज बेवारिसे शवले भरिभराउ भइसकेको छ। शव उठाउने जिम्मेवारी लिएको ललितपुर उपमहानगरपलिकाको बेवास्ताले गर्दा अस्पतालको मुर्दाघर वरपरको ठाउँ दुर्गन्धित हुन थालेको छ। “ललितपुर उपमहानगरपालिकालाई भनेको भन्यै छौं, वास्तै गर्दैन” पाटन अस्पताल सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक यज्ञ बुढाथोकीले भन्नुभयो– धेरैपटक पत्र पठाइसकेका छौं, बजेट नै छैन भन्छ। यो त अस्पतालका लागि विकराल समस्या भइसक्यो।” गत वैशाख महिनादेखि हालसम्म पाटन अस्पतालमा दश जनाको बेवारिसे शव सडेको अवस्थामा छ। फ्रिजमा प्लास्टिक र कार्टुनमा पोका पारेर राखिएका ती शव कहिले उठ्ने हुन् भन्ने अत्तोपत्तो छैन। प्रहरी परिसरमा भएको बैठकमा समेत शवको बारेमा जानकारी दिइएको थियो। त्यस लगत्तै उपमहानगरपालिकालाई समेत पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको प्रहरी नायव निरीक्षक बुढाथोकीले बताउनुभयो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com