cancel
नवगठित नेकपा–माओवादीले आफ्ना केन्द्रीय सदस्यहरूलाई पार्टीको आन्तरिक छलफलका क्रममा उठेका विषयमा सार्वजनिक अभिव्यक्ति दिन रोक लगाउने भएको छ। यस्तै उसले पार्टीका प्राविधिक विषयमा सञ्चारमाध्यममा सूचना दिने नेतालाई कारबाहीसमेत गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष मोहन वैद्यले छलफलका क्रममा रहेका आन्तरिक विषय छरपस्ट रूपमा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाउनुभएको स्रोतले जनाएको छ। स्रोतका अनुसार वैद्यले आन्तरिक र प्राविधिक विषय सञ्चारमाध्यममा दिनु कम्युनिस्ट अनुशासनविपरीत हुने भन्दै त्यसो गर्नेमाथि कारबाहीसमेत हुनसक्ने भन्दै जारी बैठकमा कडा रुलिङ गर्नुभएको स्रोतले बताएको छ। वैद्यले बैठकमा नेकपा–माओवादी नयाँ पार्टी भएकाले एकीकृत माओवादीमा हुँदाजस्तो जथाभावी बोल्न नपाइने बताउनुभएको थियो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com