cancel
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विद्रोह गरेका मधेसवादी नेता शरद्सिंह भण्डारीको अध्यक्षतामा राष्ट्रिय मधेस समाजवादी पार्टी घोषणा भएको छ। बुधबारदेखि राजधानीमा शुरू भएको राजनीतिक सम्मेलनले पार्टीको नाम र झण्डा तय गरेको हो। सो पार्टीले माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रङ भएको झण्डा चयन गरेको छ। उक्त झण्डामा हरियो रंगबाट सेतो भागतिर सूर्य उदाएको जस्तो देखाइएको छ। उक्त झण्डाको अर्थ मधेसबाट शुरू हुने क्रान्ति पहाड हँुदै हिमालतिर फैलिएको संकेत भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन्। सो पार्टीले विभिन्न प्रस्ताव पनि पारित गरेको छ। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट आएका १६ जना केन्द्रीय सदस्यलाई नयाँ पार्टीमा पनि केन्द्रीय सदस्य दिइने बताइएको छ। अन्य पदाधिकारीका बारेमा भने छलफल भइरहेको जनाइएको छ। राजधानीको राष्ट्रिय सभागृहमा शुरू भएको उक्त राजनीतिक सम्मेलनमा देशभरका ३ हजार नेता तथा कार्यकर्ताहरूले भाग लिइरहेका छन्। सम्मेलनस्थलमा सहभागी नअटाएर बाहिर
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com