cancel
काठमाडौँ, असार १२ गते। चलचित्र (सिनेमा) समाजको ऐना भएकाले समाजले पचाउनसक्ने खालका सिनेमा निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। पछिल्लो समयमा सिने क्षेत्रमा देखिएको विकृतिलाई लिएर मिडिया एड्भोकेसी ग्रुपद्वारा मङ्गलबार राजधानीमा आयोजित 'नेपाली सिने क्षेत्र, हामी कता जाँदैछौँ' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एवं चलचित्र सेन्सर बोर्डका अध्यक्ष सुशीलकुमार ओझाले सबै चलचित्रको अनुगमन गर्न सक्ने अवस्थामा सेन्सर बोर्ड नरहेको स्वीकार गर्दै यसका लागि चलचित्र निर्माता, निर्देशक र स्वयं कलाकार पनि त्यतिकै जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पछिल्लोपटक चलचित्रमा केही विकृति देखिन थालेकाले त्यसलाई ध्यानमा राखी के कस्ता प्रकारको चलचित्र निर्माण गर्न हुने वा नहुने भन्ने विषयमा मन्त्रालयले छुट्टै आचारसंहिता निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै यस्ता कार्यक्रमले आचारसंहिता निर्माणमा सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा अधिवक्ता सपना मल्ल प्रधानले चलचित्र उद्यमीले चलचित्र उत्पादन गर्दा आपूर्ति क्षेत्रलाई मात्र ध्यान नदिई मागलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। वरिष्ठ कलाकार नीर शाहले चलचित्र बनाउँदा परिवारमा बसेर हेर्न मिल्ने खालको बनाउनुपर्ने र बढी अश्लील प्रकारका चलचित्रलाई सेन्सर बोर्डले सेन्सर लगाउनबाट रोक लगाउनुपर्ने सुझाव दिनुभयो। उहाँले चलचित्र निर्माण गर्दा निर्माता निर्देशकले सामाजिक दायित्व र जिम्मेवारीको पनि बोध गर्नुपर्ने भन्दै पछिल्लो समय बनेका चलचित्रमा निर्माता निर्देशकले त्यो जिम्मेवारी र दायित्व पटक्कै निर्वाह नगरेको टिप्पणी गर्नुभयो। अधिवक्ता सविन श्रेष्ठले वाक् स्वातन्त्रताको सीमाभित्र र सामाजिक दायित्वलाई आत्मसात् गरी चलचित्र निर्माण गर्नुपर्ने बताउँदै हाल बनेका केही चलचित्रहरूले सामाजिक दायित्वलाई बिर्सन खोजेको धारणा व्यक्त गर्नुभयो। चलचित्र निर्माता निर्देशक आकाश अधिकारीले हलमा गएर चलचित्र हर्ने व्यक्तिहरू १२ देखि २५ वर्ष उमेर समूहका मात्र हुने गरेको र त्यहाँ पुगेकामध्ये ७५ प्रतिशतले सेक्ससम्बन्धी विषयमा बढी चाख राख्ने गरेको
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com