cancel
लुटिने डर भएपछि म्याग्दीमा संकलित यार्सागुम्बा हेलिकप्टर चार्टर गरी बुधबार राजधानी पठाइएको छ। असुरक्षाका कारण व्यापारीले हेलिकोप्टर चार्टर गरेर यार्सागुम्बा ढुवानी गरेका हुन्। पैसा बोकेर गाउँमा पुग्दा लुटिने डरले दुई लाख तिरेर माउन्टेन एयरको हेलिकोप्टर चार्टर गरिएको व्यापारी दलमान पुनले बताए। म्याग्दीको दुर्गम मुदी गाविसबाट यस वर्ष रु.४५ लाख बराबरको यार्सागुम्बा निकासी भएको छ। मुदी गाविसमा पर्ने हिमाली क्षेत्रमा पुगेर बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गरेका मुदीवासीले यार्सागुम्बाबाटै गाउँमा ४५ लाख रुपियाँ भित्र्याएका हुन्। स्थानीयवासीले वैशाख, जेठ र असार महिनामा हिमाली क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलन गरेका थिए।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com