cancel
ब्राजिलबाट फर्केलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि हालतमा पदबाट राजीनामा नदिने बताएका छन् । ब्राजिलको रियोमा आयोजित संयुक्त राष्ट्रसंघीय दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिएर सोमबार अपराह्न स्वदेश फर्केका प्रधानमन्त्री भट्टराईले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । भट्टराईले भने, ‘कसैले माग्दैमा राजीनामा दिने कुरा आउँदैन । प्रधानमन्त्री पद भनेको बच्चाको खेलौनाजस्तो होइन । कसैले माग्दैमा खुरुक्क पद छाड्ने र कसैले भन्दैमा चुपचाप लागेर बस्ने कुरा आउँदैन ।’ उनले आºनो राजीनामा माग गरिनुलाई बालहठको संज्ञा दिए । ‘केही नेताले साना बच्चाले हठ गरेजस्तै राजीनामा मागिरहेका छन्,’ भट्टराईले सञ्चारकर्मीलाई भने, ‘बालहठ गर्ने केटाकेटी थाकेपछि चुप लागेर बस्छन् । तपार्इं कहिले राजीनामा दिने भनेर बालहठजस्तो एकोहोरो प्रश्न नगर्नुहोस् । सबै कुरा बुझेर पनि नबुझेजस्तो गर्नुको अर्थ छैन ।’ प्रधानमन्त्री भट्टराईले अर्को संविधानसभाको निर्वाचनबाट परिणाम नआउन्जेल आºनै नेतृत्वको सरकार रहने दाबी गरे । उनले भने, ‘अहिले मैले राजीनामा दिएँ भने मुलुकमा ठूलो संवैधानिक संकट आउनेछ र त्यसपछिको परिस्थिति १९ माघको जस्तै हुन्छ । त्यसैले म त्यो परिस्थिति निम्तिन दिन्नँ ।’ उनले आफूले पदबाट राजीनामा दिने कुरा कहिल्यै नगरेको जिकिर गरे । ‘मैले यही सरकारलाई राष्ट्रिय सहमतिको बनाउन सकिन्छ मात्र भनेको हुँ,’ उनले भने, ‘आवेगमा आएर कांग्रेस, एमालेका साथीहरूले सरकार छाडे, म उनीहरूलाई पुन: यही सरकारमा आउन आग्रह गर्छु ।’ आºनो सरकारको विकल्प नरहेको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले अहिले कुनै पनि दल ठूलो–सानो भन्ने अवस्था नरहेको बताए । ‘कसैले आफूलाई ठूलो दलका रूपमा लिन खोजिरहेको छ, उहाँहरूलाई म आग्रह गर्छु, निर्वाचनबाट आफू ठूलो भएको प्रमाणित गर्नेतिर लाग्नुस् ।’ तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गर्ने जिकिर गर्दै उनले संविधानसभाको विघटन सरकारले नभएर सर्वोच्च अदालतको फैसलाका कारण भएको जिकिर गरे । ‘शान्ति र संविधानको प्रक्रिया जहाँ पुगेर अड्किएको छ, सहमतिका आधारमा पुग्न त्यहीँबाट अघि बढाउनु जरुरी छ,’ भट्टराईले भने, ‘त्यसका लागि दलहरू जिम्मेवार हुनुको विकल्प छैन ।’ दलहरूबीच सहमति भए संविधानमा लेखिएको कुरालाई पनि संशोधन गरेर जान सकिने उनको तर्क थियो । उनले थपे
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com