cancel
मजदूर हकहितका लागि स्थापना गरिएको ‘राष्ट्रियस्तरको कल्याणकारी कोष’ सञ्चालनमा आउने भएको छ । विभित्र ट्रेड युनियनबीचको विवादका कारण विगत ४ वर्षदेखि कोष सञ्चालनमा आउन सकेको थिएन । अहिले ट्रेड युनियनहरूबीचको आपसी सहमतिबाटै कोष सञ्चालन हुन लागेको श्रम विभागका महानिर्देशक डा. मानबहादुर विकेले बताए । कोष कार्यान्वयनका लागि उनकै संयोजकत्वमा उपसमितिसमेत गठन गरिएको छ । विकले भने, ‘उपसमितिले मजदूर हकहितका लागि के–कस्ता कार्यक्रम ल्याउने भत्रे विषयमा प्रतिवेदनसमेत तयार पारिसकेको छ ।’ कोषमा अहिले रू. ३ अर्बभन्दा बढी रकम जम्मा छ । सो कोष २०५७ सालमा स्थापना भएको हो । तर, कोषले अहिलेसम्म उद्देश्यअनुरूपको काम भने गर्न सकेको छैन ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com