cancel
खिरसैनमा जेठ १७ गते १३ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटना बिर्सन नपाउँदै मंगलबार बिहान छतिवनमा माइक्रो सडकबाट खस्दा ११ जनाको मृत्यु भयो । यसअघि रानागाउँमा वैशाख १४ गते जन्तीको जिप पल्टँदा पनि डोटीवासी यसैगरी मर्माहत भएका थिए । महिनैपिच्छे शृंखलाबद्ध सवारी दुर्घटना बढेपछि डोटेली चिन्तित बनेका छन् । वैशाखयता मात्रै २९ को मृत्यु भइसकेको छ । सामान्य दुर्घटना दर्जनभन्दा बढी भइसकेका छन् । डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको माइक्रोबस डोटीको भीमदत्त राजमार्गको छतिवन-९ रुबसकाँडा नजिक मोडमा मंगलबार बिहान सडकबाट अढाई सय मिटर तल खस्दा ११ जनाको मृत्यु भएको हो । घाइते ६ जनामध्ये दुई बालिकाको अवस्था गम्भीर छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com