cancel
राष्ट्रसंघको नाममा दर्ता निलो प्लेटका दुइटा गाडी एउटै नम्बर राखेर काठमाडौँमा गुडिरहेका छन्। '६६-१-१४०९' नम्बरका ती गाडी एउटा राष्ट्रसंघ र अर्को सिँचाइ विभाग सिँचाइ व्यवस्थापन महाशाखाले प्रयोग गर्छन्। राष्ट्रसंघले साढे दुई वर्षयता पाएको त्यही नम्बर विभागले भने पाँच वर्षदेखि चलाउँदैछ। राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको कार्यालय (एफएओ) ले सिँचाइलाई दिएको उक्त गाडी दुरुपयोग गर्न सजिलो भएकाले नम्बर प्लेट परिवर्तन नगरी प्रयोग गरिएको विभाग स्रोतले जनायो। 'सरकारी निकायले नै पाँच वर्षदेखि संयुक्त राष्ट्रसंघको नम्बर प्लेट दुरुपयोग गर्दै आएको रहेछ,' सिँचाइ विभागस्रोतले नागरिकसँग भन्यो, 'सरकारी निकायभित्र कुन हदमा अनियमितता हुन्छ भन्ने यो एउटा उदाहरण हो।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com