cancel
गुण्डागर्दी नेपालमा फाइदाको ब्यापार–ब्यवसाय भएको छ। करछली, भ्रष्टाचार र अपराधिक क्रियाकलापबाट आर्जित धनलाई कालोधन मानी वित्तीय अपराधमा कारबाही गर्ने ऐन बन्न भएको ढिलाइले नेपाल कालोसूचीमा पर्ने खतरा बढिरहेको छ। स्रोत नखुलेको सम्पत्ति जफत गर्ने कानुन बनाउन भएको ढिलाइले अवैध रुपमा धनआर्जन गर्नेहरूका लागि नेपाल स्वर्ग भएको छ। गैरकानुनी क्रियाकलाप गर्नेहरूको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्ने कानुन नबनेको सबैभन्दा बढी फाइदा डनहरूलाई भएको छ। उनीहरूले अवैध रुपमा आर्जन गरेको सम्पत्तिबाट घर, गाडी र बंगला खरिद गर्न सफल भएका छन् तर राज्यलाई एक पैसा कर नतिरी उनीहरूले त्यत्रो सम्पत्ति कहाँबाट आर्जन गरे भन्ने कुराको खोजी हुनसकेको छैन। खुलेआम हतियार बोकेर हिंड्ने 'डन'हरू पछिल्लो समयमा क्यासिनोमा हार्नेहरूलाई चर्को ब्याजमा ऋण लगानी गर्न लागेका छन्। क्यासिनोमा हार्नेहरूलाई एक लाख रुपैयाँ दिएर दैनिक ३० हजार रुपैयाँसम्म ब्याज लिनेहरूलाई रमेश खरेल काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा पक्राउ गरी जेल हालेपछि यो क्रम रोकिएको थियो। तर उनी सरुवा भएपछि क्यासिनोमा नेपाली प्रवेश विस्तारै सुरु भयो र हालका परिसर प्रमुख जयबहादुर चन्द आएपछि क्यासिनोहरू नेपालीले भरिभराउ हुन थालेका छन्। अन्ना, सांग्रीला, भेनस, रोयल, र्यापड, तारा क्यासिनोमा नेपालीहरू जाने क्रम बृद्धिसँगै हरूवाहरूलाई चकर्ोे ब्याजमा लगानी गर्ने र १ लाख ऋण दिई ५ लाख रुपैयाँको कागज गराउने क्रम पनि बढेको समाचार छ। क्यासिनोहरू अपराधका खानी हुन्, त्यसमाथि ती क्यासिनोमा हारेकाहरूलाई चर्को ब्याजमा लगानी गरी करोडपति हुनेहरू पनि त्यसभन्दा बढी अपराधीका रुपमा प्रकट भएका छन्। मदिराको सुर र हारेको झोंकमा क्यासिनोमा जति प्रतिशत पनि ब्याज लिन तयार हुने नेपालीहरूलाई ऋण दिएर एक लाख रुपैयाँको एक दिनमा ३० हजारसम्म लिने डनहरूसम्म रहेको क्यासिनोका एक कर्मचारी बताउँछन्। उनका अनुसार क्यासिनोमा हार्नेहरूलाई लगानी गर्ने प्रायः डन नै छन्। त्यस्तो लगानी गर्नेहरूमा वीरेन्द्रलाल श्रेष्ठ र बलराम सापकोटा 'बले' निकै चर्चित हुन्। वीरेन्द्रले त भ्रष्ट प्रहरी अधिकारीहरूको पैसा चर्को ब्याजमा क्यासिनोमा लगानी गरेको बताइन्छ। तर पछिल्लो समयमा बिष्णु लामा, दावा लामा, वीरेन ठकुरी, अजय श्रेष्ठ, मिलन सापकोटा र राम भट्टराई पनि देखिएका छन्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com