cancel
नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गाँठो परेका एजेन्डाहरू टुङ्गो लगाएर मात्र पद छाड्नुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री डा. भट्टराईले मङ्गलबार देशका प्रबुद्ध व्यक्तिहरूलाई डाकेर सल्लाह माग्नुभएपछि उहाँहरूले प्रधानमन्त्रीको राजीनामा मात्र समाधान नभएको बताउनुभएको थियो। नागरिक समाजका अगुवाहरू पद्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना, सीके लाल, सुन्दरमणि दीक्षित, खगेन्द्र सङ्ग्रौला, मथुरा श्रेष्ठ, श्याम श्रेष्ठलगायतको टोलीले सरकार बदल्ने कुराले मात्र देशले निकास नपाउने हुँदा गाँठो परेका एजेन्डाहरू टुङ्गो लागेपछि मात्र देशले सही अर्थमा निकास पाउने धारणा व्यक्त गर्नुभएको थियो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com