cancel
दस रुपैयाँको पोलिमर नेपाली नोट छाप्दा भ्रष्टाचार गरेको ठहरिएपछि अस्टे्रलिया सरकारले नोट प्रिन्टिङ अस्टे्रलिया (एनपीए) र सेक्युरेन्सी इन्टरनेसनल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसहित ६ जनालाई जेल चलान गरेकै झन्डै एक वर्ष भइसक्यो । अस्टे्रलियन फेडेरेसन अफ पुलिस (एएफपी) ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई सोही भ्रष्टाचारसम्बन्धी प्रतिवेदन दिएको ११ महिना बितिसके पनि नेपालमा भने त्यसका दोषीमाथि अनुसन्धान गर्न कुनै निकायले तत्परता देखाएका छैनन् । एएफपीले ११ महिनाअघि नै भ्रष्टाचारसम्बन्धी ४० पृष्ठको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको थियो । ब्युरोले उक्त प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाए पनि दुवै निकायले हालसम्म अनुसन्धान थालेका छैनन् । स्रोतका अनुसार प्रतिवेदनमा नेपाली नोट छाप्दा कसरी भ्रष्टाचार भयो ? क-कसको संलग्नता छ र कति भ्रष्टाचार भएको हो भन्ने विवरण छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com