cancel
रामेछापको हिलेदेवीका नेमबहादुर दर्नाल बारीका मकै पहेंलिन थालेपछि मलको खोजीमा राजधानी आएको तीन दिन भयो। तीन दिन बित्दा पनि उनले एकमुठी मल पाएका छैनन्। पाउने छनक पनि छैन। राजधानी आउनुअघि रामेछाप र धुलिखेलमा पनि उनले मल खोजे। त्यहाँबाट काठमाडौंमा पाइन्छ भने पनि उनी यहाँ आएका हुन्। 'यो अफिस धाएको पनि दुई दिन भइसक्यो, मल दिने नदिने कुनै अत्तोपत्तो छैन,' मल खोजीमा ६ दिनदेखि घर छाडेका उनले मंगलबार कुलेश्वरस्थित कृषि सामग्री कम्पनीको आँगनमा नागरिकसँग भने, 'अफिस चाहारेर हाकिम खोज्यो उनीहरु पनि भेटिँदैनन्।' एकतर्फी ७ सय रुपैयाँ भाडा तिरेर राजधानी आएका उनी होटलमा बसेका छन्। राजधानीको महँगीमा खर्च बढ्दो छ। तर, मुलुकभर मल बाँड्ने जिम्मेवारी पाएको कम्पनीको मुख्य कार्यालयमा धाउँदा समेत मल पाउने छाटकाँट छैन। मल किन्न लिएर आएको रकम सकिन लाग्दा पनि मल नपाएपछि दर्नाल आक्रोशित र निराश छन्। 'बाहिर कालोबजारीसँग किन्दा १५ सय रुपैयाँ बोरामा त पाइएको थियो,' मल नपाएर आक्रोशित बनेका दर्नालले भने, 'यहाँका
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com