cancel
जेल अपराधको केन्द्र बनेको निष्कर्ष निकाल्दै प्रहरीले उपत्यकाका जेलमा सिसिटिभी राखेर कडा निगरानी सुरु गरेको छ । विभिन्न अपराधमा जेल परेका व्यक्तिले जेलभित्रैबाट अवैध धन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले राजधानीका तीनैवटा जेलमा सिसिटिभी जडान गरी कैदीका गतिविधिमाथि निगरानी गरेको हो । सिआइबीकै अधिकारीहरूले जेलमा बसेर कैदी तथा उनीहरूलाई भेट्न आउनेहरूको फोटोसहित सबै तथ्यांक राख्न थालेका छन् । सिआइबीका प्रवक्ता एसपी प्रकाशजंग कार्कीका अनुसार केन्द्रीय कारागार सुन्धारामा आठवटा सिसिटिभी जडान गरिएको छ । जेलको प्रवेशद्वारदेखि भेटघाट कक्षका गतिविधि कम्प्युटरमा राख्न थालिएको उनले जानकारी दिए । भद्र जेल डिल्लीबजार र नख्खु जेल ललितपुरमा पनि सिसिटिभीबाट निगरानी सुरु गरिएको छ । हालसम्म एक हजार दुई सय ९८ कैदीको फोटोसहितको रेकर्ड राखिसकिएको छ भने उनीहरूलाई भेट्न आउने दुई हजार एक सय आगन्तुकको पनि विवरण प्रहरीले राखिसकेको सिआइबीले जनाएको छ । जेलभित्र कैदीका गतिविधि र भेटघाटलाई पनि सिसिटिभीबाट रेकर्ड राखिने सिआइबीले जनाएको छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com