cancel
प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलमा गत साता सम्पन्न दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी'मा सहभागी भई सोमबार स्वदेश फर्कने बेला विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग गरेको कुराकानीको सम्पादित अंश : प्रधानमन्त्रीज्यू तपाईं ब्राजिलको रियो दि जेनेरियो जानुअघि देशको राजनीतिमा ठूला घटना भएका छन्। यस्तो बेला रियो दि जेनेरियोमा तपाईंले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग के कुराकानी गर्नुभयो? रियो प्लस ट्वान्टी १० वर्षयताको विश्व स्तरको सबैभन्दा ठूलो सम्मेलन हो। त्यो अन्तर्राष्ट्रिय महत्वको घटना थियो। हामीले शान्ति र संविधानको प्रक्रिया जुन किसिमले अगाडि बढाएका छौं, जुन बिन्दुमा पुगेर संविधान निर्माणको काममा अवरोध हुन पुग्यो, सर्वोच्च अदालतका कारण संविधानसभा स्वतः विघटन हुन पुगेको हो, त्यहीँबाट अगाडि बढेर समाधान खोज्नुपर्छ। यसका निम्ति सरकार प्रतिबद्ध छ। यसमा कुनै पनि शंका नराख्दा हुन्छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com