cancel
अफगानिस्तानको बाग्राममा एक महिनादेखि बन्धक दस नेपालीको उद्धार गर्न परराष्ट्र मन्त्रालयले विशेष टोली काबुल पठाउने भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकको उद्धारमा हरतरहको सहयोग पुर्याइने बताउँदै पाकिस्तानस्थित नियोगमार्फत सबै स्थिति बुझ्ने काम भइरहेको बताए । परराष्ट्रमा दक्षिण एसिया महाशाखाका पदाधिकारीले सोमबार अपराह्न बन्धक बनाइएका पीडित नेपालीहरूसँग फोनवार्ता गरेपछि उनीहरूको पासपोर्ट तथा आवश्यक कागजात संकलनको पहल थालिएको छ । 'हामीले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई मध्यस्थता वा आवश्यक प्रक्रियाका लागि आग्रह गर्ने भएका छौं,' परराष्ट्रका एक अधिकारीले भने । काठमाडौं, दिल्ली र काबुलका तीन एजेन्टले जनही ४ लाख रुपैयाँ उठाएर पर्यटक भिसामा अफगानिस्तान पुर्याएका युवा बाग्रामस्थित एक गेस्ट हाउसमा बन्धक छन् । उनीहरूमध्ये दुई ज्वरोले ग्रस्त भएर गम्भीर अवस्थामा छन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com