cancel
काठमाडौँ, असार ११ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनबाट अर्को व्यवस्थापिका संसद् नबनेसम्म वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ। उहाँले अर्को वैधानिक सरकार गठन गर्न संवैधानिक र राजनीतिक रूपले समेत नमिल्ने तर्क प्रस्तुत गर्नुभयो। ब्राजिलको रियो दी जेनेरियोमा आयोजना भएको 'वातावरण तथा दिगो विकास'सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई र्फकनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, "प्रधानमन्त्रीको जिम्मेवारी भनेको बच्चाको खेलौना होइन र कसैले माग्दैमा दिने भन्ने हल्काफुल्का ख्यालठट्टाको विषय पनि होइन। नेपालको अन्तरिम संविधानअनुसार व्यवस्थापिका संसद् नबनेसम्म अर्को वैधानिक सरकार बन्ने ठाउँ छैन।" "निर्वाचनबाट व्यवस्थापिका संसद् बनेर अर्को सरकार नबनेसम्म यो सरकार रहन्छ, यसमा सबैजना प्रस्ट रहे हुन्छ", प्रधानमन्त्री डा. भट्टराईले प्रस्ट पार्नुभयो। उहाँले सर्वोच्चको फैसलाका कारण संविधानसभा विघटन भएको पनि बताउनुभयो। प्रधानमन्त्री डा. भट्टराईले आफूले राजीनामा दिँदा संवैधानिक सङ्कट उत्पन्न हुने भन्दै "राजनीतिक सङ्कट र संवैधानिक शून्यता उत्पन्न हुने गरी राजीनामा दिने कुरा आउँदैन" भन्नुभयो। उहाँले वर्तमान सरकारले राष्ट्रिय सहमतिको स्वरूप पाउने दाबी गर्नुभयो। "मैले राजीनामा दिन्छु भनेकै छैन। खालि मैले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ भनेको छु। मेरो आशय त्यही थियो र अहिले पनि त्यही छ। संवैधानिक तरिकाले यो सरकारभन्दा अर्को सरकार बन्ने ठाउँ छैन। यो विषयमा बितन्डापूर्ण ढङ्गले तर्क गर्नुको म कुनै अर्थ देख्दिनँ", प्रधानमन्त्री भट्टराईले भन्नुभयो। "दलहरूबीच एकपक्षीय, दुईपक्षीय गर्दै चारपक्षीय कुराकानी अगाडि बढिरहेको छ। त्यसमा थप तीव्रता दिन्छौँ", प्रधानमन्त्रीले भन्नुभयो, "दलहरूबीच राष्ट्रिय सरकार र मङ्सिर ७ मै निर्वाचन सम्पन्न गर्न सहमति जुटाउने मेरो प्रयास जारी रहन्छ। त्यस विषयमा दलहरूबीच सबै कुरामा खुला छलफल हुन्छ।" उहाँले मुलुक धेरै समय संसद्विहीनताको अवस्थामा रहन नसक्ने भन्दै निर्वाचनको विकल्प नभएको स्पष्ट पार्नुभयो। "यही सरकारलाई राष्ट्रिय स्वरूप दिनुको विकल्प छैन", उहाँले भन्नुभयो। "यो सरकार जतिब
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com