cancel
नेपालका आशिष बस्नेतले एक मिनेटमा सबैभन्दा धेरै वस्तु सम्झेर तेज स्मरण विधामा गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा दाबी गर्नुभएको छ। भारतका किसन कुमारले सन् २०११ मे राखेको कीर्तिमानलाई आशिषले आइतबार तोड्नुभयो। भारतका किसनले एकै ठाउँमा क्रमबद्ध रूपमा राखिएका २० वटा वस्तु एक मिनेटमा हेरेर स्मरण गरी कीर्तिमान बनाउनुभएको थियो। आइतबार शिक्षामन्त्री दीनानाथ शर्माको उपस्थितिमा एक मिनेटमा क्रमबद्ध मिलाइएका २३ वटा वस्तु स्मरण गरेर किसनको कीर्तिमान आशिषले भङ्ग गर्नुभयो। यो कीर्तिमान स्वीकृतिका लागि आवश्यक सामग्री गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्को कार्यालयमा पठाउने आयोजकले जनाएको छ। स्वीकृतिपछि उहाँ विश्वमै सबैभन्दा तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा परिचित हुनुहुनेछ। सो अवसरमा शिक्षामन्त्री दीनानाथ शर्माले राष्ट्रको शान र गौरव बढाउने व्यक्तित्वको सम्मान र प्रेरणाका लागि नयाँ निर्देशिका आउन लागेको जानकारी दिनुभयो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com