cancel
नेपालको सर्वाधिक ठूलो र सुविधासम्पन्न त्रिवि शिक्षण अस्पताल राजनीतिक खिचातानी र शक्ति प्रदर्शनको होडबाजीको मारमा पर्न थालेको छ। अस्पतालका पदाधिकारी नियुक्तिको विषयदेखि निजी शिक्षण संस्थालाई उपलब्ध गराइने सम्बन्धनका विषयमा उपल्लो तहका नेताहरूले नै चासो र चिन्ता गर्न थालेपछि अस्पताल राजनीतिक दाउपेच गर्ने अखडाका रूपमा विकसित हुन थालेको बताइन्छ। अस्पतालमा यस्तै अवस्था विद्यमान रहिरहे दक्षिण एसियाकै उत्कृष्टमध्ये एक मानिएको उक्त अस्पतालको भविष्य खतरामा पर्नसक्ने सरोकारवालाको बुझाइ छ। त्रिवि शिक्षण अस्पताललाई सुरुदेखि नै गहिरो रूपमा नियाल्दै आउनुभएका डा. रामप्रसाद उप्रेती शिक्षण अस्पताललाई दक्षिण एसियाकै अस्पतालमध्ये राम्रो अस्पतालमध्येको एक हो भन्नुहुन्छ। अस्पताललाई राजनीतीकरण गर्दा अस्पतालको भविष्य खतरामा पर्दै गएको उहाँको विश्लेषण छ। चिकित्सा विज्ञान अध्ययन संस्थानमा रिक्त पदमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर केही दिनदेखि चिकित्सकहरू स्वयं आन्दोलित बनेका थिए। असार ३ देखि १० गतेसम्म अस्पतालको आंशिक सेवा वन्द गरेर आन्दोलित बनेका उनीहरूले सोमबारदेखि गर्ने भनिएको आकस्मिकबाहेक सबै सेवा बन्दको कार्यक्रम भने असार २० गतेसम्मका लागि स्थगित गरेका छन्। क्याम्पसप्रमुख डा. उप्रेतीले राजनीतिलाई पूरै नकार्न नसके पनि सक्षम व्यक्तिले संस्थानमा नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै संस्थानको विकास गर्न चिकित्सक, विद्यार्थी, ड्राइभर, स्विपरलगायतको भूमिका मह�वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। "यसलाई जोगाउनु छ भने सबैले बेलैमा सोच्न जरुरी छ", उहाँले भन्नुभयो, "अस्पतालभित्र राजनीतिक विकृति भित्रिसकेको छ, यसलाई जतिसक्दो चाँडो रोक्न जरुरी छ।" त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले सोमबार संस्थानमा कार्यरत डिन डा. अरुण सायमीलाई पदमुक्त गरी डा. रतिन्द्र श्रेष्ठलाई निमित्त डिनको जिम्मेवारी दिएपछि आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन्। आन्दोलनमा सक्रिय डा. गोविन्द केसीले पदाधिकारी नियुक्तिका लागि नियुक्ति सिफारिस समितिले असार २० गतेभित्र डिनको नियुक्तिका लागि तीनजना व्यक्ति सिफारिस गरी त्रिवि कार्यकारी परिषद्लाई बुझाउने भएपछि आन्दोलनका सबै कार्यक्रम
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com