cancel
लन्डन, असार ११ - साथीहरुसंगै समर मनाउन समुद्र पुगेका एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । पर्वत माझफा'ट–७ निवासी २१ वर्षीय अमित बरुवाल क्षेत्रीको अघिल्लो मंगलबार (१९ जुन) ब्राइटनस्थित समुद्रमा डुबेर मृत्यु भएको परिवार श्रोतले जनाएको छ । दाई रमेश खत्रीका अनुसार, अढाई वर्ष अघि बेलायत आएका उनी साउथ लन्डन कलेजमा 'इन्टिग्रेटेड डिप्लोमा इन विजनेश म्यानेजमेन्ट' पढ्दै थिए । 'शनिवार फोन गरेर म साथीहरुसंग समुद्र जाने योजनामा छु । त्यसपछि म भेट्न आउंछु भनेको थियो'–दाई रमेशले भने–'तर, कहिल्यै नफर्किने गरि संसारबाट विदा भयो ।' म्याग्दी बहुमुखी क्याम्पसमा 'प्लस टु' पढ्दा पढ्दै बेलायत आएका उनी जेहेन्दार, परिश्रमी र आफ्नो करिअरप्रति सधैं दत्तचित्त रहने दाई रमेशले बताए । बेलायत आउनु एक वर्ष अगाडि आप्mनी आमाको देहवसान भएपछि विरक्तिएका अमित आफ्नो करिअर बनाउने उद्देश्यले बुवा र भाईलाई छोडी यता आएका थिए । लन्डनबाट ४४ माइल पर ब्राइटनस्थित समुद्र पुगेको एक घण्टाभित्रै त्यस्तो दुःखद घट्ना भएपछि संगै रहेका १६ जना साथी पनि कम मर्माहत भएनन् । 'हेर्दा हेर्दै साथी गुमाउनु पर्दा मन कम्ती रोएको छैन्'– प्रत्यक्षदर्शी सहपाठी मेनुका पाइजाले घट्ना सम्झिइन् –'अमित शुरुमा छेऊ छेऊमा पौडी खेलिरहेको थियो, छालले एक्कासी पर हुत्याएर हेर्दा हेर्दै डुबेपछि हामीले लाइफ गार्डलाई खवर ग¥यौं ।' मेनुकाका भनाइमा करिब ५ जना लाइफ गार्डहरुले खोजी तीव्र बनाएपनि अन्ततः असफल भएपछि 'रेस्क्यू' का लागि तत्काल हेलिकप्टर बोलाइएको थियो । तीव्र खोजीको तीनघण्टापछि मात्र शव केही तल फेला परेको थियो । 'ऊ ज्यादै मेहनती, मिलनसार र परिश्रमी थियो'– मेनुकाले भनिन्–'कक्षामा दिएको असाइनमेन्ट उत्ति खेरै गर्ने र सबैसंग हांसखेल गर्ने स्वभावको थियो ।' पोष्टमोर्टमका लागि अमितको शव अझै ब्राइटनमै छ । सो प्रक्रिया पुरा भएपछि शवलाई युकेमै अन्त्येष्टी गर्ने योजना बनाइएको दाई रमेशले जनाए । बेलायतमा अन्त्येष्टीका लागि धेरै महंगो पर्ने भएकाले अमितको परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । कलेज व्यवस्थापन र विद्यार्थीले समेत अन्त्येष्टी एवं परिवारको सहयोगका लागि चन्दा संकलन शुरु गरि
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com