cancel
सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरे पनि निर्वाचन आयोग भने पुससम्म नेतृत्वविहीन हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती छवर्षे कार्यकाल पूरा गरी कात्तिक २२ गते अनिवार्य अवकाश पाउँदैछन्। बाँकी दुई आयुक्त दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवले पनि पुसदेखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कानुनी, राजनीतिक र प्राविधिक कुनै पनि हिसाबले मंसिरमा चुनाव सम्भव नभएको बताए। 'अहिले नै कानुनी र राजनीतिक सुनिश्चितता भए पनि मंसिरमा चुनाव सम्भव छैन,' अघिल्लो संविधानसभा चुनाव गराएका पोखरेलले नागरिकसँग भने, 'चामत्कारिक रुपमा राष्ट्रिय सहमति भयो भने पनि फागुनअघि चुनाव गराउन सकिँदैन।' घोषित मितिमा वा एक महिनापछि चुनाव भइहाले पनि आयोग हुने आयुक्त नहुने अवस्था आउने उनको भनाइ छ। निर्वाचन आयोगले असार मसान्तसम्म संविधान संशोधनसहित कानुनी जटिलताको हल नगरे चुनाव गराउन नसक्ने लिखित धारणा प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष राखिसकेको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com