cancel
रामकृष्ण चापागाईं । काभ्रे, असार ७ । पार्टीले अबलम्बन गरेको नीति संग असन्तुष्ट बनेका नेकपा एमालेका जनजाति तथा मधेसी नेताहरुको भेलाले मुलकमा विद्यमान संकट समाधान गर्न संविधान सभाको पुर्नसथापना गरि संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेका छन् । वर्तमान राजनीतिक परिस्थिति र आगामि कार्यदिशा बारे छलफल गर्न वुधवार विहानै धुलिखेल आएका यी नेताहरुले संविधानसभा पुर्नस्थापनाको लागि आफ्नै पार्टी भित्र अन्तरसंघर्ष गर्ने र आवश्यक परे सडक संघर्षमा उत्रने निर्णय गरेका छन् । एमालेका उपाध्यक्ष असोक राईको नेतृत्वमा धुलिखेल आएका २२ जना नेताहरुको छलफलले जेठ ३० गते प्रस्तुत गरिएको नौ बुदे मागलाई संवोधन नगरिए एमालेमा बस्नुको कुनै औचित्य नभएको निचोड पनि निकालेको छ । नेकपा एमालेको हालै सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाको समेत समिक्षा गरिएको बताउदै उपाध्यक्ष अशोक राइले भन्नुभयो– अहिलेको संकट समाधानको लागि संविधानसभा पुर्नस्थापना गरि संविधान जारी गर्नु वाहेका कुनै विकल्प स्वीकार्य छैन । छलफलमा संविधान कसरी जारी गर्ने भन्ने बारेमा नै ध्यान केन्द्रित भएको बताउदै उहाले भन्नुभयो– सबैको चासो र आवश्यक्ता भनेको नै संविधानसभा बाट संविधान जारी गर्ने हो । राष्ट्रिय भेलाको निष्कर्षलाई यो भेलाले विगतमा बुझाएको प्रतिवेदनको खण्डनको रुपमा आएको निष्कर्ष निकालेको पनि उपाध्यक्ष राईको भनाई थियो । दुईदिन सम्म भएको छलफलमा राष्ट्रिय कार्यकर्ता भेलाले झन दुरी बढाएको निष्कर्ष निष्किएको भेलामा सहभागि मधेशी नेता रिजवान अन्सारीले बताउनु भएको छ । तत्काल पार्टी फुटाउने बारेमा ध्यान नदिएको बताए पनि संविधानसभा पुनस्र्थापना गर्ने सवालमा एमालेले अग्रसरता नलिए विकल्प सोचिने उहाको भनाई थियो । ‘संविधान सभा पुर्नस्थापना गरि संविधान जारी गर्न पार्टी भित्र अन्तिम अवस्था सम्म एमाले भित्रै रहेर सघर्ष गछौं’ अन्सारीले भन्नुभयो– नभए अन्य उपायको खोजि गर्दै एमाले छोड्नु पर्छ । संघियताको बारेमा एकल जातिय र मिश्रित पहिचान नै अडान हो भन्दै छलफलबाट निष्केको निष्कर्ष सञ्चारकर्मीहरुलाई जानकारी गराउने क्रममा एमालेका असन्तुष्ट नेताहरुले भने– आफ्नो विचार मिल्ने अन्य पार्टीका नेताहरु संगपनि हामि सहकार्य गर्छौ । पार्टीले स्पष्टिकरण सोधेको सम्बन्धमा सहभागि नेताहरुले भने– स्पष्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com