cancel
नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति, मधेसी तथा मुस्लिम नेताहरूले तत्कालका लागि पार्टी नछाडी अन्तरपार्टी सङ्घर्षमा लाग्ने निर्णय गरेका छन्। बुधबार र बिहीबार काभ्रेको धुलीखेलमा भेला भएका असन्तुष्ट नेताहरूको बैठकले त्यस्तो निर्णय गरेको हो। भेलाले विघटित संविधानसभाको पुनःस्थापना, एकल जातीय पहिचानसहितको सङ्घीयता तथा राज्यका हरेक निकायमा जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक सहभागिता प्रस्ताव अगाडि ल्याइएको छ। नेकपा -एमाले) को असार ४ र ५ गते दुई दिन काठमाडौँमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले प्रतिगामी प्रस्तावहरू प्ारित गरेको आरोप उहाँहरूको छ। सङ्घीय आयोग गठन गरेर संविधान निर्माण गर्ने तथा बहुजातीय पहिचानका हिसाबमा प्रदेशको नामाकरण गर्नेजस्ता विषय मान्य नहुने उहाँहरूले धारणा बनाउनुभएको छ। एमाले उपाध्यक्ष अशोक राईले आफ्नो मागलाई स्थापित गर्न पार्टीभित्रै बसेर अन्तरसङ्घर्ष गर्ने गोरखापत्रलाई बताउनुभयो। "पार्टी छाडेर विचार स्थापित हुँदैन, भित्रै बसेर त्यसका लागि सङ्घर्ष गर्ने निर्णय गरेका छौँ," उहाँले भन्नुभयो। पार्टीमा नौबुँदे फरक मागहरू राख्दासमेत पार्टीले सम्बोधन नगरेकै कारण राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नभएको उहाँले प्रष्ट्याउनुभयो। "हामीले राखेको माग नयाँ होइन, पुरानै माग हो, आ�ना माग सम्बोधन नहुने देखेपछि सङ्घर्ष गर्ने निर्णय गरेका हौँ" उपाध्यक्ष राईले आफ्नो माग सम्बोधन नभएसम्म पार्टीको कुनै बैठक र भेलामा पनि सहभागी नहुने अडान राख्नुभयो। आफ्नो माग सम्बोधनका लागि सडक सङ्घर्षमा समेत जाने उपाध्यक्ष राईले उल्लेख गर्नुभयो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com