cancel
नेपाल कम्युनिस्ट पार्टी -एमाले)को राष्ट्रिय कार्यकर्ता भेलाले बहुजातीय मिश्रति पहिचानसहितको सङ्घीयतामा जाने निष्कर्ष निकालेको छ। सोमबारदेखि सुरु दुईदिने कार्यकर्ता भेलाले त्यस्तो निष्कर्ष निकाल्दै राष्ट्रिय सहमतिको आधारमा आयोग गठन गरी बाँकी संविधान निर्माणको कामलाई पूर्णता दिनुपर्ने ठहर पनि गरेको छ। सरकारद्वारा घोषित आगामी मङ्सिर ७ गतेको निर्वाचन सम्भव नरहेको भन्दै भेलाले सहमतिकै आधारमा संसद्को निर्वाचन गरिनुपर्ने माग गरेको छ। संविधानसभाको अप्रत्यासित विघटनले मुलुकमा संवैधानिक सङ्कट आएको ठहर गर्दै भेलाले त्यसको निराकरणका लागि दलीय सहमतिकै आधारमा लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टीभित्र देखिएको विचलनलाई थप बहस र छलफलबाटै निकास दिई पार्टीलाई प्रभावकारी बनाएर अगाडि बढ्ने निष्कर्ष भेलाको छ। पार्टीबाट असन्तुष्ट जनजाति नेताहरू भेलामा अनुपस्थित भएकोप्रति कार्यकर्ताले गम्भीर आपत्ति जनाउँदै पार्टीभित्रै बहस र छलफल गरी समाधान गरिनुपर्ने सुझाव दिएका थिए। आदिवासी जनजातिको पक्षमा पार्टीले लचिलो भएर समाधान खोज्न पनि भेलामा सहभागी कार्यकर्ताले सुझाव दिएका थिए। आदिवासी जनजाति, दलित, मधेसी, उपेक्षितहरूको सहभागितामा पार्टीलाई गति दिनुपर्ने सुझाव कार्यकर्ताको थियो। सङ्घीयतालाई थाती राखेर संविधानसभाको अर्को निर्वाचनमा जान नहुने सुझाव दिँदै भेलामा कार्यकर्ताहरूले त्यसले एमालेलाई सङ्कटमा पार्ने, पार्टी अहिलेसम्म राज्य पुनःसंरचनाको विषयमा ठोस निष्कर्षमा पुगिनसकेको र सङ्घीयतामा जाँदा प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कनसहितको ठोस अवधारणा बनाउनुपर्ने पनि माग राखेका थिए।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com