cancel
अब्स्ट्रयाक्ट ।अब्स्ट्रयाक्ट बैंकक ।मैले भर्खरै अर्थात पछिल्लो पटक पढेको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' ।कृतिहरु पढेर भूस, कनिका, बिँया निफन्दै आमाले सन्ततीको निमित्त भात पकाएर खान योग्य चामल तयार गरेझैं पुस्तक पढ्न ईच्छुक म जस्तै पाठकहरुलाई योग्य निचोड निकाल्न म नसकुँला । सही समालोचकहरुले तर कुनैपनि कृतिमाथि त्यस्तै चामल निचोड निकालिदिउन भन्ने मेरै पनि अपेक्षा हुन्छ उसो त ।यहाँ म जे भएता पनि 'अब्स्ट्रयाक्ट बैंककको' कुरा गर्न गैरहेछु । र विल्कुल 'अब्स्ट्रयाक्ट बैंकक'को मात्र कुरा नगरेर खगेन्द्र पन्धाक लिम्बूको पनि कुरा गर्न सक्छु । यस सम्बन्धमा मेरो भन्नु तर के रहनेछ भने यो कुनै आलोचना वा समालोचना होइन । न कृतिको न कृतिकारको । यदि तपाईं पनि खगेन्द्र पन्धाक लिम्बूको फेसबुक साथी हुनुहुन्छ भने उनको फेसबुक स्टाटसमा तपाईंले बग्रेल्ती अब्स्ट्रयाक्ट कुराहरु पढेको हुनुपर्छ । स्टाटस मात्र हैन उनको वालमा कविताहरु र कलाकृति(पेन्टिङ्ग)हरु पनि अब्स्ट्रयाक्ट भेटिन्छन् । म उनका कविताहरु पनि पढ्न खुब रुचाउँछु तर कतिपय कविताहरु कतिपय ठाउँहरुमा बुझ्न मुश्किल भएर साँच्चै अब्स्ट्रयाक्ट लाग्छन मलाई । उनका पेन्टिङ्गहरुको त प्रसंशक नै हुँ म । पेन्टिङ्गको हकमा चैं अब्स्ट्रयाक्ट भए अझ रमाउँछु क्यार म ।छोटा कथाका रुपमा मैले पढेका उनका आख्यानहरुले मलाई अत्यन्तै प्रभावित पारेका छन् । 'ज्योतिकथन' मैले पढेको उनको कथाहरु मध्येमा उत्कृष्ट कथा हो । 'ज्योतिकथन' जतिको उत्कृष्ट र मलाई प्रभाव पारेको कथा त मैले फेसबुकमा पाइने साहित्यमा मात्र हैन पुस्तकहरुमै पनि पढेको छैन भन्न सक्छु म । यहाँ 'ज्योतिकथन'को प्रसंग यसकारणले उठाएको हुँ कि मैले उनको फेसबुक नोटमा 'ज्योतिकथन' नपढेको भए नेपालबाट किताबहरु मगाउँदा मेरो लिष्टमा 'अब्स्ट्रयाक्ट बैंकक' नपर्न पनि सक्थ्यो । अर्थात 'ज्योतिकथनले' नै मलाई खगेन्द्र पन्धाक लिम्बूको दर्शनमा आधारित भनिएको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मगाएर पढ्न प्रेरित गरेको हो ।अमूर्तबोधी दर्शनका कुराहरु लिएर फेसबुकको वालमा उनले लेख्ने कुराहरु म रुचिका साथ हेर्नेगर्छु । उनका सबैकुराहरु मलाई चित्त बुझ्ने हुन्छन् भन्ने छैन । सहमती र विमतीका कुराहरु आफ्नै ठाउँमा छँदैछन् तर यौटा छुट्टै किसिमको रोचकता भने पक्का हुन्छ उनका कुराहरुमा । मलाई लोभ्याउने अर्को कुरा उनको कलाकृति(पेन्टिङ्ग्स्) हो । कुनै प
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com