cancel
सम्पत्ति शुद्धीकरण निवारण र आतंककारी वित्तीय लगानी निरुत्साहनसम्बन्धी तीन विधेयक अध्यादेशबाट पारित गर्न राष्ट्र बैंकले सरकारलाई दबाब दिएको छ । छैटौं पटक थपिएको समय बित्न लाग्दा पनि कानुन पारित गर्न सरकारले सक्रियता नदेखाएपछि राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइले सबै निकायलाई दबाब दिएको हो । “यस पटक पनि विधेयक पारित नभए हामी कसैगरी जोगिन सक्दैनौं,” एकाइका निर्देशक धर्म सापकोटाले भने, “हामीले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यसचिव, कानुन, अर्थसचिव सबैको ध्यानाकर्षण गराएका छौं ।” सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर्राष्ट्रिय रूपमा काम गरिरहेको वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को बैठक यही जुन १८ देखि इटालीमा हुँदैछ । गत फेबु्रअरीमा फ्रान्समा सम्पन्न बैठकले नेपाललाई अर्को बैठकसम्म विधेयक पारित गर्ने गरी समय दिएको थियो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com