cancel
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नुभएको छ। सो अवसरमा मङ्सिर ७ गते नै संविधानसभा निर्वाचनका लागि दलहरूबीच सहमति कायम गर्न सरकारले छलफल चलाएको चर्चा गर्दै प्रधानमन्त्री डा. भट्टराईले दलहरूबीच सहमतिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा चीन, अमेरिका, भारतलगायतका २७ देशका राजदूतलाई एकैसाथ आमन्त्रित गरेर जेठ १४ पछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री डा. भट्टराईले जानकारी गराउनुभएको थियो। राजदूतहरूसँगको बृहत् छलफल जेठ १४ पछिको राजनीतिक गतिविधि, संविधानसभा विघटन, सरकारले गरेको निर्वाचन घोषणा, राष्ट्रिय सहमतिका लागि दलहरूबीच भइरहेको प्रयास, नेपालको अर्थिक, सामाजिक अवस्थालगायका विषयमा केन्दि्रत रहेको थियो। प्रधानमन्त्री डा. भट्टराईले नेपालको राजनीतिक इतिहासमा वर्तमान अवस्था अत्यन्तै सङ्कटपूर्ण रहेको भन्दै कूटनीतिक तवरमा मित्रराष्ट्रहरूबाट हुँदै आएको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले निर्धारित समयमा संविधानसभा निर्वाचन सम्पन्न गर्ने सहमतिका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। "दस महिनाअघि प्रधानमन्त्री हुँदा शान्ति, संविधान, आर्थिक समृद्धि, सुशासन चार मुख्य एजेन्डा थिए। आज पनि म ती मुद्दामा त्यत्तिकै सक्रिय र प्रतिबद्ध छु", प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो। उहाँले निर्वाचन तथा सहमतीय सरकार गठनलगायतमा देखिएका कानुनी तथा व्यावहारिक जटिलताबाट मुलुकलाई अग्रगामी दिशातर्फ उन्मुख गर्न दलहरूबीच विश्वासको वातावरण निर्माणका लागि सहमतीय सरकार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। "विगतमा प्रमुख दलहरूले शान्तिप्रक्रियाको काम सम्पन्न नभई संविधान बन्न सक्दैन भनेर सर्त राखेर बाधा खडा गरे। मेरो नेतृत्वको सरकारले माओवादी सेनाका लडाकूलाई नेपाल सरकार मातहत ल्याउने काम गर्यो। संविधान लेखनको कामलाई अघि बढाउन हाम्रोतर्फबाट भरमग्दुर प्रयास भएकै हो तर विपक्षीहरूबाट बाधा अवरोध भएकाले संविधानसभा विघटन भयो", प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो। संविधानसभाबाट संविधान जारी गर्नु
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com