cancel
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको आजभोलि केही कुरा मिल्दैन जस्तो लाग्छ मिडियामा आएका समाचार हेर्दा। प्रचण्ड पक्षका नेताहरु एउटा कुरा गर्छन्, वैद्य पक्षका नेताहरु अर्को। विपरीत ध्रुवका जस्ता लाग्छन् दुई पक्षका कुराहरु। तर, प्रचण्ड र वैद्यको तपाईँ हामीले अहिलेसम्म थाहा नपाएको एउटा कुरा भने समान रहेछ। दुवै आइफोन चलाउँदा रहेछन्। आजको ‘नयाँ पत्रिका’ले कुन नेताले कस्तो मोबाइल चलाउँछन् भन्ने बारे एउटा रमाइलो समाचार लेखेको छ। त्यसैमा दुवैले ‘डिजाइन्ड बाइ एप्पल इन क्यालिफोर्निया, मेड इन चाइना’ आइफोन चलाउने गरेको खुलेको हो। कसैले केही भनिहाले कहाँ अमेरिकी साम्राज्यवादको उत्पादन प्रयोग गरेको हो र, माओको देश चीनमा बनेको पो त भनेर (कू)तर्क गरे नि भइहाल्यो। अरु नेताहरुले कस्ता मोबाइल चलाउँदा रहेछन् त ?
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com