cancel
नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्यहि सोच्दैछु अहिले ।'लू'बारे आफ्नो कुरा लेख्ने ईच्छा 'लू' पढिसक्नासाथ फेसबुकको स्टाटसमा लेखेको माथिकै कुराबाट शुरु गर्न चाहें । र यो स्मरण गराउन चाहन्छु कि 'लू'बारे आफ्नो कुरा म आफ्नो ब्लगको निमित्त लेख्दैछु । अगाडी जे जति लेख्नेछु त्यो कृति समिक्षा हेतु लेखिएको हुनेछैन । कृति समिक्षा लेख्नलाई म सायद आफुलाई योग्य सम्झन्न र त्यो मेरो रुचि पनि होइन ।हो, साह्रै व्यग्रतासाथ पढेर सिध्याएँ मैले 'लू' । माथि प्रश्न गरेको छु आफैंलाई कि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला? तर त्यो प्रश्न जवाफ खोज्नलाई नभएर 'लू' पढ्दाको तन्मयतालाई पुष्टी गर्न थियो ।जे होस्, 'लू' मलाई चाँडै पढ्ने धोको थियो । 'लू' बजारमा आउनासाथ मैले नेपालबाट मगाएर पढ्ने अठोट गरेको थिएँ र नेपालमा किनेर पठाइदिनुहोला है भनेर उर्दी पनि जारी गरेको थिएँ । फेरिपनि नेपालदेखि यौटा मात्र किताब किनेर यहाँ, हवाईसम्म मगाउनु शिपिङ्ग खर्चको हिसाबले उचित थिएन । शिपिङ्ग खर्च किताब खरीद भन्दा निक्कै धेरै महङ्गो पर्नेथियो । त्यसैले 'लू'को साथमा आओस भन्ने हिसाबले अन्य केहि नयाँ पुराना किताबहरुको पनि लिष्ट बनाएँ र आफ्ना अन्य प्रयोजनका सामानहरु, जो केहि हफ्तापछि मगाउँदैथिएँ, का साथमा मगाउने निश्चय गरें । जब नेपालमा मेरो निम्ती 'लू' किनिने दिन आयो तबसम्ममा बजारमा 'लू'को दोश्रो संस्करण आइसकेको थियो । फलत: दोश्रो संस्करणमै मुद्रण भएको 'लू' मेरो हातमा आइपुग्यो । नेपालमा मेरो निम्ती 'लू' खरीद हुनु र 'लू' मसम्म आइपुग्नुका बिचमा पनि फेरि नेपालमा जातिय राज्यको माग र विरोध ईत्यादिका कारणले भएका हप्तौंका नेपाल बन्द र अमेरिकामा पालन गर्नुपर्ने भन्सारका प्रक्रियागत कुराहरु आदि ईत्यादिका व्यावधानहरु खडा भए । जस्ले 'लू' प्राप्त गर्ने प्रतिक्षा पनि ठुलो व्यग्रता बन्यो मेरो निमित्त । जति व्यग्र प्रतिक्षाका साथमा 'लू' हात पर्यो । पढ्न शुरु गरेपछि पढेर सक्नलाई पनि उत्तिकै व्यग्रता रहिरह्यो । पढ्न बसेपछि नसकुन्जेल नथन्क्याएको किताबको थोरै लिष्टमा 'लू'ले अर्को एक संख्या पनि थप्यो ।फेसबुक तथा फेसबुक मार्फत ईन्टरनेट सञ्जालमा 'लू'का बारे अनेकौं समिक्षात्मक टिप्पणीहरु पढिसकेको हुनाले तथा 'लू'भित्र मुद्रण लगायत केलाइएका अन्य
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com