cancel
नेपालको संविधान बनाउने पटके संबिधान सभा जारी छ। २ बर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। सांच्चीकै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः राज्य विभाजन - नेपाललाई आना धूरको हिसाबमा जति जति कित्ता जग्गा छन, ती सबैलाई आफ्नो अधिकार सुनिस्चीत गर्दै सयौं राज्य - उप राज्यमा बांडिने छ। त्यसो गर्दा हरेक जातले मात्र नभइ हरेक ब्यक्तीले आफ्नो हिसाबले राज्य कायम गर्न सक्नेछन्। चाड पर्व - दशैँ, क्रिस्मस, लोसार, छठ आदि छुट्टा छुट्टै जाती धर्मले मान्नै हुंदा अब देखी नेपाल बन्दलाई राष्ट्रिय चाडको रुपमा स्थापना गरिने छ। उक्त राष्ट्रिय चाडलाई हरेक जाती समुदायले आः-आफ्नो हिसाबले छुट्टा छुट्टै दिन वर्षको एक पटक या महिना मारी रुपमा मनाउन सक्ने छन। सरकार गठन - संसदको चुनाब पटक पटक गर्दा असुरक्षा हुने तथा खर्च धेरै हुने भएकोले अब देखी बिना चुनाब अहिलेको संविधान सभाको पार्टी तथा वर्तमान सभासदबाट आलो पालो गरी सरकार चलाइने छ। जनसेवा- नेपाली ले बडो दुःखले आर्जेको लोकतन्त्रलाई संथागत गर्दै हरेक जनतालाई मरणोप्रान्त सहिद घोषणा गरिने छ। अर्थतन्त्र - नेपालको अर्थतन्त्रलाई टेवा दिन आगामी दिनमा नेपालको करको दायरा अझ बलियो पारिने छ। धनी गरिब सबै सँग बराबर कर असु लिने छ। उक्त करको दायरमा भ्याट छल्ने ठूला व्यापारिक घरानालाई भने पूरा छुट दिइने छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com