cancel
घटनास्थल। फोटो साभारः एपी राजधानी काठमाडौँमा आज फेरि ठूलो बम विस्फोट भयो। काठमाडौँमा अहिलेसम्म गराइएका ठूला विस्फोटहरुमध्येको एक हो आजको विस्फोट। यसअघि त्रिपुरेश्वर, बालाजु र सुन्धाराबाट झन्डै एकै समयमा गराइएका विस्फोटहरु र ललितपुरको चर्चमा विस्फोट गराउँदा पनि तीन जनाको ज्यान गएको थियो। यस पटक सिंहदरबार नजिकैको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालयअगाडि बम पड्काइयो। मर्ने तीन मध्ये दुई जना एउटै गाउँका गरिब तामाङ परिवारका थिए। अर्को एक जना वृद्धको अझै सनाखत हुन सकेको छैन। यस्ता सोझासाझा मान्छे बित्थामा मर्नु परेको दृश्य हेरेर चित्त दुखिरहेको बेला एउटा टेलिभिजनमा खुबै गर्वका साथ एक जना मूर्ख पापी कुर्लँदै थियो। सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका विश्वक्रान्ति नामले आफूलाई चिनाउने उनले सर्वसाधारणको वाहवाही पाउँछन् होला भन्ठानेर खुबै भाषण छाँट्दै थियो। आयल निगमले भाउ बढाएर जनतालाई सास्ती दिएकोदेखि एनसेलले सिम कार्ड ब्लक गरेर मिस कलको समेत पैसा लिएको कुरासम्म अनि वर्तमान सरकार भंग गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेसम्मको कुरा गर्दै थियो। तर हे मूर्ख मनुष्य, तँ जस्तो पापीले जतिसुकै भाषण छाँटे पनि सारा नेपालीले तँलाई थुकिरहेका छन्। थुक्क ! थुक्क !! थुक्क !!! मृत्यु हुने ब्यक्तिहरु: १. जि.धादिङ बैरनी घर भएको अं वर्ष- ३४ को कृष्ण तामाङ (घटनास्थलमा मृत्यु) २. नाम थर वतन नखुलेको अं वर्ष- ६५/७० को (घटनास्थलमा मृत्यु) ३. जि.धादिंङ बैरेनी-६ र भएको वर्ष- ७० को मानबहादुर तामाङ (अस्पतालमा मृत्यु) घाइते: १. वतन नखुलेको अं वर्ष- ३५ को सोम तामाङ, अबस्था – बोल्न नसक्ने (गम्भीर) । २. जि.भक्तपुर ताथली-४ बस्ने वर्ष-४५ को रघुनाथ खड्का, अबस्था – सामान्य । ३. जि.धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ को लालबहादुर तामाङ, अबस्था – सामान्य । ४. जि.कैलाली धनगढी बस्ने बर्ष- ४० को विण्णु फुलारा, अबस्था – सामान्य। ५. जि. ललितपुर लुभु बस्ने बर्ष- २० को वासु श्रेष्ठ, अबस्था – सामान्य। ६. जि.अछाम मास्टामाण्डौं-२ बस्ने बर्ष-४० को मान .ब. कुँवर, अबस्था – सामान्य। ७. जि.अछाम मास्टामाण्डौं-२ बस्ने बर्ष-२१ को भिम ब. कुँवर, अबस्था – सामान्य। आखिर के दोष थियो धादिङका ती गरिब मानबहादुर तामाङ र कृष्णबहादुर तामाङको ? के दोष थियो ती नामै नखुलेका वृद्धको ? बा
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com