cancel
स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले पदको दुरुपयोग गरी आफ्नो छोराको अस्पताललाई आवश्यक पूर्वाधारबिनै सञ्चालन अनुमति दिएका छन् । महतोका छोरा राघवेन्द्रका नाममा खोलिएको विश्वज्योति अस्पलात तथा रिसर्च सेन्टर तोकिएको मापदण्ड पूरा नगरी गत कात्तिकदेखि सञ्चालनमा छ । बल्खुमा रहेको सो अस्पतालले ‘निजी तथा गैरआवासीय स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वधार निर्देशिका २०६१’ मा उल्लेख भएअनुसार मापदण्डा पूरा नगरेको हो । ५० शय्या क्षमताको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागले अनुमति दिुनपर्ने हुन्छ । तर, सो अस्पतालको भवन अनुपयुक्त हुँदाहुँदै मन्त्रीको ठाडो आदेशमा अनुगमनबिनै सञ्चालन अनुमति दिइएको हो । निर्देशिकामा अस्पतालको भवनले चर्चेको जग्गामा एकतिहाइ भाग खाली हुनुपर्ने, भवनमा अनिवार्य रुपमा प्रवेश मार्ग हुनुपर्ने, कोठामा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्ने उल्लेख छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com