cancel
आज म जे लेख्नेछु, त्यो सबै पाठकलाई प्रीतिकर लाग्ने छैन । यो थाहा पाउँदापाउँदै पनि म लेखनीको धार बदल्न चाहन्न । आज एक दिनका निम्ति सबैलाई रिझाउने कुरा गर्न नसकिने होइन । तर एक माघले जाडो नजाने रहेछ भन्ने यथार्थ आफ्नो लामो पत्रकारिता जीवनमा पटकपटक भोगेको मानिसले माघ महिना सुहाउँदो कुरा गरेर मात्र बस्न नसक्ने रहेछ । आज यो लेख्न बस्दा श्रद्धेय लौहपुरुष गणेशमानजीको सम्झनाले मलाई छोपिरहेछ, जसले एक दिन चाक्सीबारीमा मलाई भनेका थिए, 'हामी भनेको लिडर हो, लेड होइन । लिडरका पछाडि कहिले लाख जनता, कहिले लिडर एक्लै ! आफ्नो पछाडि कत्रो भीड छ वा छैन भन्ने आधारमा कुनै पनि लिडरले आफ्नो गन्तव्य निर्धारण गर्दैन । भीडको मात्रा हेरेर कसैले आफ्नो बाटो तलमाथि गर्छ भने त्यो लिडर होइन, लेड हो । राजनीतिमा मात्र होइन, राष्ट्रिय जीवनका हरेक अंगमा लिडरहरू हुनुपर्छ, अनि मात्र देशले प्रगति गर्छ ।' त्यस दिन जाँदाजाँदै गणेशमानजीले दिनुभएको सल्लाह म आजन्म बिर्सन सक्दिनँ, 'तपाईंजस्तो पत्रकारले बोल्दा वा लेख्दा के गरें, मेरा दर्शक र पाठक रिसाऊन् वा खुसाऊन् भनेर काम गर्नु मुख्य होइन । यदि तपाईंको विवेक तपाईंको लेखनीसँग अप्रसन्न छ भने सारा दुनियाँ तपाईंसँग खुसाए पनि मेरा नजरमा तपाईं जीवनको बाजीमा हारेको जुवाडे हुनुहुनेछ । काम गर्दा गल्ती हुन सक्छन् तर गलत 'नियत' राखेर काम नगर्नू ।' आज यो लेख्न बस्दा गणेशमानजीलाई सम्झेर मन भावुक भएको छ । र, म शासकीय स्वरूपका सम्बन्धमा यो स्तम्भको दोस्रो भाग आज फेरि बुँदागत रूपमा नै प्रस्तुत गर्ने अनुमति चाहन्छु । कृपया यो आलेखलाई गत पुस ३० गतेको लेखकै अभिभाज्य अंगका रूपमा पढिदिन अनुरोध छ । १) म जनताबाट प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी पद्धतिको पक्षमा छु । किन छु ? भनेर प्रस्ट पार्नुअघि म नेपालमा 'संसदीय प्रणाली' का नाममा त्यो बिचरा राजनीतिक प्रणालीले खाँदै नखाएको विष उसको मुखमा जबर्जस्ती कोच्ने मूर्खताचाहिँ गर्न चाहन्न । विगत दुई दशकमा नेपालमा देखिएका सबै विसंगतिहरूको मुहान यही 'संसदीय व्यवस्था' थियो भनेर 'होलो, सोलो, डोलो' समाधान प्रस्तावित गर्न मलाई मेरो विवेकले रोक्छ । रूपचन्द्र बिष्टको एक महावाक्य छ, 'हत्याको दोष मृतकलाई नै बोकाउने ठाउँ हो यो !' आफ्नो अद्भूत व्यंग्यात्मक शैलीमा हाँस्दै रूपचन्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com