NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
फाल्गुन ११ २०६८
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - वैद्यको घरमा भात पाकेन

'एक मिनेट भए पनि बोल्न दिनोस्, म एकदम पीडित छु सभापतिज्यू,' सभासद अकवाल अहमद साह कड्किए, 'आज दूध किनेर होटलमा लगें र बच्चालाई खुवाएँ । होटलबाटै चिया ल्याएँ र बिस्कुट खुवाएर स्कुल पठाएँ ।' कुरा 'पेट्रोलियम पदार्थमा उत्पन्न समस्या समाधान' विषयमा शुक्रबार बसेको अर्थ र श्रमसम्बन्ध समितिको बैठकको हो । समितिकी सभापति सुशीला कन्दङ्वाले समय अभावमा बैठक स्थगित भएको घोषणा गर्नै लाग्दा सभासद साह समय मागेर कड्किएका हुन् । नकड्किउन् पनि किन ? ग्यास सकिएपछि उनले स्टोभ किनेछन् । तर मट्टतिेल पाएनछन् । हिटर किनेछन्, लोडसेडिङले चलाउनै पाएनछन् । 'स्टोभ किनें, मट्टतिेल छैन । हिटर कनें, बिजुली छैन,' उनी जंगिए, 'यो के भइरहेको हो ?' त्यतिमात्र होइन ग्यास सकिएर बिहीबार साँझ माओवादी उपाध्यक्ष मोहन वैद्यकै घरमा खाना पाकेन । उनले माओवादी नेता हितमान शाक्यलाई समस्या सुनाए । त्यसपछि ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालको मोबाइलको घन्टी बज्यो । 'महासंघका महासचिव महेश्वर श्रेष्ठले राति ९ बजे एक सिलिन्डर ओम ग्यास खोजेर बालुवाटारस्थित वैद्य निवास पठाउनुभयो,' अर्यालले भने । नेता र सभासदले त व्यवसायीलाई गुहारेर समस्या सल्टाउलान्, जसोतसो चुलो बल्लान् । तर सर्वसाधारणको चुलो कसले बाल्दिने ? यसको जवाफ न सरकारसँग छ, न आयल निगमसँग नै । भारतमा 'आन्तरिक समस्या' भएर ग्यास ३० देखि ४० प्रतिशत कम आइरहेको निगमको तर्क छ । निगमको लाचारी झनै 'रहस्यमय' छ, किनकि त्यो 'आन्तरिक समस्या' के हो भन्ने खुलाउनै निगम चाहँदैन । 'भारतमा आन्तरिक समस्या भएकाले ग्यास कम आइरहेको हो,' निगम प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने । व्यवसायी भने भारतमा ग्याससम्बन्धी कुनै समस्या नरहेको दाबी गर्छन् । आयल निगमको व्यवस्थापकीय कमजोरीका कारण अभाव भएको तर्क उनीहरूको छ । 'आजै (शुक्रबार) मात्र भारतका व्यवसायी साथीहरूसँग कुरा भो,' महासंघका पूर्वअध्यक्ष अर्यालले भने, 'उहाँहरू भारतमा ग्यास सहज छ, कुनै समस्या छैन भन्नुभयो । यहाँ निगम र सरकारले नै अभाव बनाएका हुन् ।' पेट्रोल अझै असहज हुने ग्यास अभाव चर्कंदै गर्दा निगमका अधिकारीहरू अनौपचारिक कुराकानीमा सचेत गराउँछन्, 'केही दिनपछि पेट्रोलियम पदार्थ आपूर्ति झ

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004