cancel
काठमाडौ, माघ १४ - उनी २० वर्षकी थिइन्, भर्खर बीए गरेकी । बिहेको कुरो चल्यो । एमएका लागि भर्ना गरेकी थिइन् । घरमा केटा हेर्न आए । कुरा छिनेलगत्तै बिहे भयो, गीता ढकाल अब सधैंका लागि कोइराला भइन् । उनका दुलाहा रञ्जन कोइराला तिनताका इन्सपेक्टर थिए । यो थियो २०५० सालको कुरो । 'आफन्तले नै माग्न आए, हामीले कुरै नबुझी छोरी दियौं,' नेपाल वायु सेवा निगमका पूर्वनिर्देशक हरेराम ढकालले भने- 'केटो रहेछ महाको फटाहा ।' रञ्जनको आनीबानी, हरेरामले आशा गरेको आदर्श ज्वाइँको थिएन । उनको व्यवहार गीताले कल्पना गरेकी मायालु पतिको थिएन । 'बिहे भएकै केही समयपछि ज्वाइँले छोरी कुट्न थाले,' आमा हरिपि्रया ढकाल भन्छिन्, 'हामीले राजकुमारीजसरी हुर्काएकी छोरी एउटा बेहोरा सकिएकाको हातमा परिछ भन्ने लाग्यो । ऊसँग नाता जोडिएकामा हामीलाई त्यसै साल पछुतो भयो ।' गीता आफ्नो पढाइ र करिअर दुवै बढाउन चाहन्थिन् । तर रञ्जनले केही गर्न दिएनन् । उनले एमए पढ्न भर्ना गरिन् । रञ्जनले क्याम्पस जान दिएनन् । गीताले कृषि विकास बैंकमा जाँच दिएर अधिकृतका लागि नाम निकालिन् । रञ्जनले जागिर खान दिएनन् । 'चाहिएको पैसा मै दिन्छु, तलाईं किन पढ्नुपर्यो भन्थ्यो छोरीलाई,' हरेराम भन्छन्, 'उसले मेरी छोरीको जिन्दगी घरको चार पर्खालभित्र मात्रै सीमित गरिदियो ।' यति हुँदाहुँदै पनि छोरीले परिवारका लागि आफ्ना सपनाको पंखा काटिदिएर एउटी घरेलु महिला हुनसमेत राजी भएको ठान्छन् बाआमा । 'ऊ आफूचाहिँ अनेक केटी खेलाएर हिँड्थ्यो,' हरिपि्रया भन्छिन्, 'छोरीलाई चाहिँ तरकारी किन्न जाँदा पनि कुनै केटासँग लागि कि भनेर केरकार गथ्र्याे ।' उनीहरूको बिहे जति पुरानो भयो गीतामाथि रञ्जनको मुक्का पनि उति बर्सिँदै गयो । एक दिन गीताले रञ्जनको पुरानो डायरी फेला पारिन् । 'बिहे गर्नुअघि नै उसको एउटी केटीसँग प्रेम रहेछ, परिवारले त्यसलाई अस्विकारेपछि हाम्री छोरीका लागि कुरा आएको रहेछ,' हरेराम भन्छन्, 'त्यो कुरो उसले डायरीमा पनि लेखेको रहेछ ।' उनको रुचिको बिहे नभएकाले रञ्जनले गीतालाई कहिल्यै प्रेमपूर्ण व्यवहार गरेनन् । बिहे गरेको चार वर्षपछि जेठो छोराको जन्म भयो, ७ वर्षपछि कान्छोको । हल्का खटपट सधंै भइरहे पनि कान्छो जन्मेपछि भने गीता र रञ्जनको बोलचालै नहु
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com