NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
फाल्गुन ११ २०६८
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - 'पेस्तोल ताकेर मार्न लागेका थिए'

काठमाडौ, माघ १४ - २०६७ पुस ७ मा राति करिब ९/९:३० बजे पति रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको हूलहुज्जत साथ मदिरा सेवन गरी मात्तिएको अवस्थामा म बसेको घरमा आए । अश्लील शब्दहरू प्रयोग गर्दै गालीगलौज गरी सँगै आएका अन्य सशस्त्र प्रहरीहरूलाई बाहिर वरिपरि घेरा हाल्न लगाए । मलाई आमाचकारी गाली गर्दै लातमुक्काले शरीरको जत्रतत्र भागमा कुटपिट गरे । पेस्तोल झिकी यहीं मारिदिन्छु भनी पेस्तोल ताकी हान्न लागेको अवस्थामा निजसँग रहेका एक जना सशस्त्र प्रहरीले पेस्तोल खोस्न खोज्दा उनलाई समेत आमाचकारी गाली गर्दै मलाई कुटिरहे । भोलिसम्ममा सम्बन्ध विच्छेद मुद्दा दायर गरी मेरो बाटो फुकुवा गरिदिनस् भने र यो घर मलाई दिइनस् भने तँलाई यहीं बेपत्ता पारिदिन्छु भने । म को हुँ चिनेकी छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी अश्लील गाली गरी रातको समयमा मलाई आतंकित पारिरहेको अवस्थामा छरछिमेक के भयो भनेर आएपछि निज पति भागेर गए । निजले मप्रति गरेको अपराधको सूचना नजिकको प्रहरीमा र शान्ति सुरक्षा कायम गरी निजलाई कारबाही गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०६७ पुस १२ गते निवेदन दिएकी थिएँ । तर प्रहरीको उच्च तहको व्यक्तिको उपर उजुर भएको हुँदा सशस्त्र प्रहरी मुख्यालयमा लेखेर पठाइदिन्छु भन्ने आश्वासन मात्रै पाएँ । त्यसपछि पनि निज मेरो पतिले बारम्बार धाकधम्की दिने र कतै उजुर गरे मारेर फालिदिन्छु भनी हिँड्दै गरेकाले न्याय पाउन श्रीमान्समक्ष यो निवेदन गर्न आएको छु । -गीताले २०६८ पुस १८ गते प्रधानमन्त्री कार्यालय र गृहमन्त्री, सशस्त्र प्रहरी प्रमुखलाई भेटेर दिएको निवेदनको अंश) प्रकाशित मिति: २०६८ माघ १४ ०८:५४

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004