NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
फाल्गुन ११ २०६८
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - एक वर्षअघि नै गीताको निवेदन थियो 'जिउज्यानको सुरक्षा पाऊँ'

सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाद्वारा हत्या गरिएकी पत्नी गीता ढकालले जिउज्यानको सुरक्षा माग गर्दै एक वर्षअघिदेखि विभिन्न निकायमा उजुरी गरे पनि सरोकारवालाले खासै चासो नदिएको पाइएको छ । श्रीमान्ले आफूलाई जुनसुकै बेला मारेर फाल्न सक्ने जानकारीसहित न्याय दिलाइदिन उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको लैंगिक हिंसा व्यवस्थापन तथा अनुगमन इकाई, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, महिला आयोग, सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा निवेदनसहित आफैं पुगेकी थिइन् । तत्कालीन गृहमन्त्री भीम रावल, सशस्त्रका महानिरीक्षक सनतकुमार बस्नेत, प्रजिअ लक्ष्मीप्रसाद ढकाल, महिला अधिकारकर्मी सभासद सपना प्रधान मल्ललाई आफंैले भेटी उनले न्याय पाउन गुहारेकी थिइन् । राष्ट्रिय महिला आयोगसँगको बयानका क्रममा उनले सबैतिर धाउँदा पनि कसैले वास्ता नगरेको बताएकी थिइन् । महिला आयोगकी सदस्य मोहना अन्सारीका अनुसार पूर्वमहानिरीक्षक बस्नेतले कोइरालालाई आफूहरूले केही गर्न नसक्ने पटक-पटक जानकारी गराएका थिए । आयोगमा उजुरी परेपछि बयानका लागि रञ्जनलाई पटक-पटक बोलाएको उनले बताइन् । 'बयानका क्रममा सधैं नाटक गर्थे, सबैका अगाडि रुनसमेत पछि पर्दैनथे,' अन्सारीले भनिन् । उनका अनुसार सोधपुछपछि गीतासँग नबोली कोइराला गाडीमा जान्थे भने गीता टेम्पुमा । 'महिला आयोगमा पाँच/सातपटक आउँदा उनी एक्लै आइन्,' अन्सारीले भनिन् । आयोगमार्फत ०६८ जेठ २० मा मिलापत्रसमेत गराइयो । रञ्जनले तीन महिना समय मागेकाले त्यतिन्जेलमा सँगै बस्ने सहमति भएको थियो । आयोगमा दिएको बयानमा गीताले आमाछोराले मिलेर पिट्दा पहिलो गर्भसमेत खेर गएको बताएकी छन् । त्यसैले ४ वर्षपछिमात्र पहिलो सन्तान भएको बयान दिएकी थिइन् । 'रञ्जनले पनि गर्भ खेर गएको स्वीकार गरे तर कुटपिटका कारण त्यस्तो नभएको उनको दाबी थियो,' अन्सारीले भनिन् । रञ्जनले १६ जना बाह्य महिलासँग अवाञ्छित सम्पर्क राखेको प्रमाण दिँदै गीताले छोराहरूका लागि सबै कुरा बिर्सेर सहेर बसेको बताएकी छन् । पैत्रिक सम्पत्तिका पमा पाएको आफ्नो घर बैंकमा राखेर रञ्जनले १० लाख रुपैयाँ ऋण लिएको र त्यसको ब्याजसमेत नतिरेको गीताको बयान छ । आफूले ऋण तिर्न आग्रह गर्दा उल्टै धम्क्याउने

'पेस्तोल ताकेर मार्न लागेका थिए'
काठमाडौ, माघ १४ - २०६७ पुस ७ मा राति करिब ९/९:३० बजे पति रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको हूलहुज्जत साथ मदिरा सेवन गरी मात्तिएको अवस्थामा म बसेको घरमा आए । अश्लील शब्दहरू प्रयोग गर्दै गालीगलौज गरी सँगै आएका अन्य सशस्त्र प्रहरीहरूलाई बाहिर वरिपरि घेरा हाल्न लगाए । मलाई आमाचकारी गाली गर्दै लातमुक्काले शरीरको जत्रतत
'यस्तो कसैलाई नहोस्'
काठमाडौ, माघ १४ - उनी २० वर्षकी थिइन्, भर्खर बीए गरेकी । बिहेको कुरो चल्यो । एमएका लागि भर्ना गरेकी थिइन् । घरमा केटा हेर्न आए । कुरा छिनेलगत्तै बिहे भयो, गीता ढकाल अब सधैंका लागि कोइराला भइन् । उनका दुलाहा रञ्जन कोइराला तिनताका इन्सपेक्टर थिए । यो थियो २०५० सालको कुरो । 'आफन्तले नै माग्न आए, हामीले कुरै नबुझी छो

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004