cancel
दूध र केराबिना भागै बस्दैनन्, गणेशबहादुर र गजकिशोर कार्की। सयवर्षे जुम्ल्याहा दाजुभाइको यो पुरानो खान्की हो। गणेशलाई सातामा एकपटक माछा या मासु अनिवार्य चाहिन्छ। दिनको एक चम्चा घिउ नखाई चित्त बुझ्दैन। दहीका पनि पारखी हुन्। यी जेठा नागरिकहरु आफूलाई 'दीर्घजीवी' ठान्छन्। १ सय १ वर्ष लाग्न दुई महिनामात्र बाँकी रहेका दुवैलाई कुनै रोगले थला पार्न सकेको छैन। यो पक्कै पनि पहाडी भेगको लामो बसाइ, त्यहाँको स्वच्छ वातावरण, नियमित तागतिला खानेकुरा, ताजा फलफूल अनि आफ्नै बारीका अर्गानिक अन्नको प्रयोगकै प्रभाव हो। नोबेल अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. अजितकुमार अग्रवाल पनि नियमित पोषिलो खानपिन र स्वच्छ वातावरणको जीवनशैलीलाई नै दीर्घायुको कारण मान्छन्। 'धूमपान, मदिरापान नगर्ने पनि धेरै बाँच्छन्,' उनले भने, 'मोटोपन, असन्तुलित आहार, अनियमित खानपिन, दूषित वातावरण र कामको तनावले मान्छेको आयु घट्दै गएको छ।' ... सयवर्षे जुम्ल्याहा दाजुभाइको पारिवारिक पृष्ठभूमि खोतल्दा, उनीहरूकी आमा कोपिला पनि १ सय ३ वर्ष बाँचेकी थिइन्। जेठा दाजु रणध्वज ९७ वर्षमा बिते। रणध्वज नेपाली सेनामा सुबेदार थिए। लामो समय सेनामै जागिर खाए। मोरङको बाहुनी गाविसमै उनको जीवन बित्यो। जुम्ल्याहा दाजुभाइका बाबु तारावीर भने उनीहरू सानै छँदा बितेका थिए। कति वर्ष छँदा बिते भन्ने उनीहरूले बिर्सिसके। 'पुलिसमा जागिर खानुहुन्थ्यो,' गणेशबहादुरले सम्भि्कए, 'मोरङ रंगेलीमा छँदा लडाइँ झगडा भयो रे, त्यसैमा गोली लागेर बित्नुभयो।' धनकुटाको मुगा गाविसमा १९६८ पुस ४ गते डेढ घन्टाको अन्तरमा जन्मेका यी जुम्ल्याहा दाजुभाइ ३, ४ वर्षको छँदा आमाबाबुसँग संखुवासभा लागे। संखुवासभाको च्याङखुरुङ (हाल जलजला) गाविसमा उनीहरूको २५ मुरी मकै फल्ने बारी थियो। त्यतिबेला एक पैसामा किनेको बारी रे। 'मेरी आमाले एक पैसामा बारी किन्नुभएको थियो,' गजकिशोरले भने, '२५ मुरी मकै फल्थ्यो, गाईभैंसी धेरै पालेका थियौं।' बारीमा मकैबाहेक आलु, काउली, मुला र सागसब्जी रोप्थे। गजकिशोर गाईभैंसीको स्याहार गर्थे। गणेश हलोकोदालो गर्थे भने गजकिशोर सानैदेखि गाईभैंसी स्याहार्थे। दूध, दही र घिउ घरमै प्रशस्तै हुन्थ्यो। 'खेतीपाती गर्यो, दही, दूध, घिउ खायो, बस्यो,' गणेशले भने, 'पढाइसढाइको खाँचै परेन।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com