cancel
धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो। अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन भन्नेमा सबै सहमत छन्। यही असन्तुष्टिको चर्को स्वरुप नै आज धरहरामा देखिएको हो। धरहरामा यो ब्यानर खासमा नेपाल मानव अधिकार संघले राखेको हो। तर यसमा पीडित नेपालका सबै नागरिकको समर्थन र ऐक्यवद्धता छ र हुनुपर्छ। अग्रगमनकारी हैन प्रतिगमनकारी बाध्यकारी नियम बनाउने सरकारविरुद्ध यस्तो विरोधका कार्यक्रम अझै जारी रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। फेरि नेताहरुलाई चाहिँ लागू नहुने, हामी जनतालाई मात्र नियम लागू गर्नु कहाँसम्मको जायज हो ? यस विषयमा आजको पत्रिकामा पनि समाचार छापिएको छ। पत्रिकामा छापिएको समाचार र सँगैको धरहराको फोटो ठूलो पारेर हेर्ने भए भित्र आउनुस् है।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com