cancel
त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ । (हेर्नुहोस् हालै संचालन भएको बीए दोस्रो वर्ष राजनीतिशास्त्रको प्रश्नपत्र)। यसले अंग्रेजी भाषा कमजोर भएका विद्यार्थीहरुलाई निकै घाटा पुगेको छ। नेपाली वा अंग्रेजी दुवै भाषामा लेख्न पाइने विषयहरुमा किन अंग्रेजी भाषामा मात्र प्रश्नपत्र बनाउने? अंग्रेजीमा मात्रै प्रश्नपत्र बनाउँदा अंग्रेजीमा कमजोर भएका विद्यार्थीहरुले प्रश्न नै नबुझेर उत्तर लेख्न नसक्ने हुन्छन्। के प्रश्न नेपाली र अंग्रेजी दुवै भाषामा दिए हुँदैन ? के यो त्रिविका प्राध्यापकहरुको अंग्रेजी भाषाप्रतिको मोह प्रतिफल हो ? अझ विडम्बना के छ भने बीएको अनिवार्य नेपालीको प्रश्नपत्रको विश्वविद्यालयको नाम, विषयहरु, क्रमसंख्या तथा परीक्षासम्बन्धी निर्देशन अंग्रेजी भाषामा दिइएको हुन्छ। त्रिभुवन विश्वविद्यालय मात्रै संसारमा यस्तो विश्वविद्यालय होला सायद जसले एउटा भाषाको प्रश्नपत्रमा अर्कै भाषामा निर्देशन छाप्छ ? अनिवार्य नेपालीको प्रश्नपत्रका सिरानमा हेर्नुस् त
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com