cancel
काठमाडौं, माघ १३ - ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष दिनको १४ घण्टाभन्दा लोडसेडिङ नबढ्ने दाबी गरेका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री बोगटीले आइतरबाट मध्य मर्स्यादी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी गरेको जानकारी दिए । उनले हेटौंडा र दुहवीको थर्मल प्लान्ट सन्चालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाइनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्स्यादी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी गरिएको बताए । उनले लोडसेडिङको दर घटाउन आफूले १० बुँदे कार्ययोजना तयार पारिरहेको जानकारी दिदै आगामी मन्त्रिपरिषदको बैठकबाट कार्ययोजना पारित गरेर कार्यान्वयनमा लैजाने घोषणा गरे । जसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसनलाईन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन् । मन्त्री बोगटीले कार्ययोजना आगामि दिनमा ८ घण्टामा मात्रै लोडसेडिङ सिमित गर्ने गरी ल्याउन लागिएको जानकारी दिए। लोडसेडिङ अन्त्य गर्न डिजेल प्लान्ट ल्याउने योजना आफूले बनाए पनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले सो योजना छाडेको उनले खुलासा गरे । मन्त्री बोगटीले जलविद्युतको उत्पादनमा अहिलेनै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने दाबी गर्दै सरकारले निर्माणाधिन रहेका करिब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति अगाड बढाएको बताए । उनले भने, 'बढीमा २०७१ सालसम्म १३० मेघावाट विद्युत ल्याउने गरी काम भइरहेको छ ।' प्रकाशित मिति: २०६८ माघ १३ ०३:२३
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com