NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ५ २०६९
शुक्रबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - जापानमा ३० वर्षपछि व्यापार घाटा

टोकियो , माघ १३ - विश्वभर कार र इलेक्ट्रोनिक्स सामानको प्रमुख निर्यातकर्ताका रूपमा चिनिएको जापानमा तीन दशकपछि पहिलो पटक व्यापार घाटा भएको छ । वित्त मन्त्रालयका अनुसार २०११ मा व्यापार घाटा ३२ अर्ब अमेरिकी डलर बराबर भएको हो । त्यस अवधिमा जापानको आयात १२ प्रतिशतले र निर्यात २ दशमलव ७ प्रतिशतले घटेको थियो । २०११ को मार्चमा आएको सुनामी र भूकम्पका कारण निर्यात व्यापारमा असर परेको छ । प्राकृतिक प्रकोपपछि टोयोटा मोटर र सोनी लगायत कम्पनीको कारखानामा क्षति पुग्नुका साथै वितरण प्रणालीमा असर पुगेको थियो । उत्पादकले थाइल्यान्डमा आएको बाढीका कारण विभिन्न वस्तु समयमै आयात गर्न सकेनन् भने डलरको तुलनामा स्थानीय मुद्रा येन बलियो भएकाले पनि समस्या बढेको छ । डलरको तुलनामा येन बलियो हुन थालेपछि उत्पादनको लागत बढ्नुका साथै मूल्य पनि बढ्छ । विश्वव्यापी रूपमा देखिएको मन्दीका कारण युरोप र अमेरिकाका लगानीकर्ताले येनको खरिद बढाएका छन् । जसका कारण यसको अधिमूल्यन (मूल्यवृद्धि) भएको हो । यस्तो अवस्थाले जापानको निर्यातलाई दक्षिण कोरिया र अन्य एसियाली मुलुकको तुलनामा कमजोर बनाइरहेको विशेषज्ञले बताइरहेका छन् । प्रकाशित मिति: २०६८ माघ १३ १२:०९

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004