cancel
यो देशमा राजावादीहरु जति खुसी अहिले कोही पनि छैनन् होला। संविधान सभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको घोषणा गरिसकेपछि आफूलाई असुरक्षित ठानेर सिंगापुर हान्निएका पूर्वयुवराज पारस शाह केही महिनादेखि नेपाल मै छन्। शाहज्यादा हुँदा र युवराज हुँदासमेत कुनै मठमन्दिर धाएको खबर पारसको आउँदैन थियो। आउँथ्यो त डिस्कोमा गोली चलाएको, कसैलाई पिटेको, कसैलाई थर्काएको। अहिले भने उनी मन्दिर मन्दिर उद्घाटन गर्दै, पूजाअर्चना गर्दै हिँडेका छन्। केवल च्यानल र एफएम रेडियोहरुमा समेत अन्तर्वार्ता दिन उनले भ्याएका छन्। तुलनात्मक रुपमा हेर्ने हो भने अहिले जति पारस शाहको कम आलोचना इतिहासमा भएको छैन होला। नत्र शाहज्यादा हुँदा उनी कति अलोकप्रिय थिए! उनलाई युवराज घोषणा गर्न समेत पिता ज्ञानेन्द्रले दशैँको मौका कुर्नुपरेको थियो। उनको अन्तर्वार्ता अहिले यति सस्तो भएको छ कि त्यसको प्रतिक्रियासमेत कुनै दलले दिन आवश्यक ठानेका छैनन्। उनी भने अन्तर्वार्ताहरुमा राजतन्त्र सकिनसकेको, निलम्बित अवस्थामा रहेको मात्र बताइरहेका छन्। जसरी राजतन्त्र हटाइएको थियो, त्यसरी नै राख्न सकिन्छ भन्ने तर्क उनले गरिरहेको देखिएको छ। उनका य
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com