cancel
कहिले पोइला जान पाम् त कहिले झ्वाँक तन्नेरी खोजेको भन्दै तीज गीत गाएर विवाद र चर्चामा रहने कोमल ओली यो वर्ष फेरि विवादमा आएकी छिन्। यो वर्षका लागि उनले निकालेको तीज गीतमा नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएको छ। त्यसो त सयौँ एफएम र दर्जन जतिको संख्यामा टेलिभिजन भइसकेको र इन्टरनेटमा खुला रुपमा आफ्ना सिर्जना राख्न पाइने अवस्थामा नेपाल टेलिभिजन एउटाले लगाएको प्रतिबन्धले त्यति अर्थ नराख्ला। तर यसले चर्चामा आउन चाहने ओलीलाई भने फाइदै गर्नेछ। नेपाल टेलिभिजनले धार्मिक आस्थामा चोट पुर्याउने खालको बोली भएको भन्दै गीत प्रसारणमा रोक लगाएको बताएको छ। गीतमा शिवजीलाई बदमास भनिएको छ। गीतको बोल यस्तो छ- भोकै बसी जाग्राम बत्तिमा तेल थपेर धेरै गरें पूजा आजा तिम्रै नाउँ जपेर आखिरमा बनायौ निरास धत्तेरीका शिवजी रैछौ बदमास तपाईँलाई के लाग्छ? यस्तो गीत बनाउनु ठीक हो ? नेपाल टेलिभिजनले लगाएको प्रतिबन्ध कति उचित ? आफ्नो विचार छोटकरीमा कमेन्टमा लेख्नुहोला।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com