cancel
काठमाडौँ, फागुन २८ - संसदको लेखा समितिमा अलोकतान्त्रिक व्यक्तिको भीड छ भनी दिएको अभिव्यक्तिलाई लिएर समितिले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग स्पष्टीकरण लिने भएको छ। समितिको आजको बैठकले आगामी चैत ७ गते कोइरालालाई स्पष्टीकरण लिने निर्णय गरेको छ। समितिले प्रतिस्पर्धाको आधारमा मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) छाप्न पुनः सरकारलाई निर्देशन दिएको छ। एमआरपी भारत कै एउटा निजी कम्पनीलाई छाप्न दिनुपर्छ भन्ने अडानमा रहेकी परराष्ट्रमन्त्री र चार कम्पनीको टेण्डर रद्द नगरी प्रतिस्पर्धाको आधारमा पासपोर्ट छाप्न दिनुपर्छ भनी निर्णय गर्ने लेखा समितिबीच विवाद बढेको छ। हिजो विदेश भ्रमणबाट फर्कने बित्तिकै विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री कोइरालाले भारत मै छाप्ने अडान दोहोर्याएकी थिइन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com