cancel
खगेन्द्र संग्रौला शाही हिन्दू अधिराज्यको मनपरीबाट आहत र आजित नेपालीले समवेत स्वरमा घोषणा गरेको धर्मनिरपेक्षता राज्यलाई कुनै जटाधारी चटके 'भगवान्'को निर्देशनमा ज्ञानेन्द्र शाह र खुमबहादुर खड्काले उल्ट्याउने? पानी र राजनीतिको चरित्र लगभग उस्तै हुन्छ। बगेको पानी र गतिवान् राजनीति सङ्लो र स्वस्थकर हुन्छ, जमेको पानी र स्थिर राजनीति हुन्छ धमिलो र अस्वस्थकर। विद्वान् प्रदीप गिरी भाँती पारेर घरिघरि भन्छन् - घर वरिपरि फोहोर पार्यो भने त्यसमा फोहोरी कीट-पतंगको जायजन्म हुन्छ। र, घर प्रदूषणकारी भुसुना, झिँगा र लाम्खुट्टेबाट आक्रान्त हुन्छ। यी पिराहा जीवको उद्गम स्रोत मूलतः स्थिर एवं फोहोर पानी हो। अहिले नेपाली राजनीति गतिशून्य बनेको छ। र, गतिहीनताको धमिलो आहालबाट थरीथरीका पिराहा दोपाया भन्किन थालेका छन्। यी हिन्दू धर्मको आवरण भिरेर प्रकट हुँदै छन्। र, यी धर्मनिरपेक्ष घोषित भएको नेपाललाई हिन्दू अधिराज्यमा फर्काउन कन्दनी कसेर कनिरहेका छन्। हिन्दू धर्म यिनको मायावी आवरण हो, यिनको कुत्सित अभिप्राय आफ्नो गुमेको यथास्थिति एवं देशदुनियाँको शोषण र दोहनमाथि खडा भएको हिजोको भूस्वर्ग
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com