cancel
विराटनगरमा एमालेका युवा नेता युथ फोर्स मोरङका इन्चार्ज परशुराम बस्नेतमाथि गोली प्रहार भएको छ। उनलाई एउटा गोली कम्मरमुनि लागेको छ भने अर्को गोली खुट्टामा लागेको छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जनपथस्थित घर जाँदै गरेका बेला उनीमाथि गोली प्रहार भएको हो। उनी पैदलै घरतर्फ जाँदै थिए। यता यस्तो घटना हुँदै गर्दा उता बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन महिलाको सेनाको गोलीबाट बुधबार राति मृत्यु भएको छ। हरिहरपुर-२ बाँसपानीका २९ वर्षीया अमृता बिक, २७ वर्षीया चन्द्रकला बिक र ३५ वर्षीया देवीसरा बिकको मृत्यु भएको हो। उनीहरूको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्न निकुञ्ज गएको थियो। बर्दिया ठाकुरद्वारास्थित ज्वालादल गणबाट गस्तीमा निकुञ्ज आएको सेनाको टोलीले उनीहरूलाई भेटेपछि तीनलाई पक्राउ .... गरेको थियो। पक्राउ गरेको केही बेरमै उनीहरूको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताए। उनका अनुसार पक्राउ परेलगत्तै महिलाहरू चिच्याएका थिए। सेन
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com