cancel
तिम्रो ढुकढुकी प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म- घना पहाडी वनभित्र कतै लुकेर बग्ने खोलाको गीत हो यो, सृष्टिकर्ताले छोडेर गएको आदिम र अनवरत-सुन्दर संगीत हो यो; भारहीन भएको छु म अब- जिन्दगीको लडाईँमा केहि जितें भने खुशीको भारी ल्याएर बिसाउन तिम्रा हातहरु पाएको छु, जिन्दगीको लडाईँमा कतै हारें भने आँशुको भारी पोखेर बिसाउन तिम्रा पाउहरु पाएको छु; आजै बिलाएँ भने पनि म यो दुनियाँको आँखाबाट- तिम्रो अस्तित्वको कुनै छेउमा मेरो नाम पनि हुनेछ, तिम्रो धडकनको कुनै भागमा मेरो धडकनको ध्वनि पनि हुनेछ; तिम्रो धड्कन सुन्दैछु म र कल्पनामा तिमीलाई नियालिरहेछु, प्रिय, तिम्रो धडकन सुन्दैछु म- म तिमीलाई पर्खिरहेछु। (डिसेम्बर १९, २००५; खासुगाई, जापान) Image Source: Click Here यो कविता लेख्दा आर्या अझै आफ्नी आमाको पेटमै थिई। खासमा हामीलाई हुनेवाला बच्चा छोरी हुने हो कि छोरा हुने पनि थाहा थिएन। हामीलाई चासो पनि थिएन, यो एउटा सुखद् 'सस्पेन्स' नै रहिरहोस् भन्ने हामी दुबैको चाहना थियो। त्यतिखेरका हाम्रा डाक्टर योनेमोतोको विचार पनि यस्तै रहेछ। डाक्टरले अल्ट्रासाउण्डमा बच्चा चलेको देखाउन थालेपछि र बच्चाको
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com