cancel
काठमाण्डौ, २७ फागुन । पूर्व सहायकमन्त्री एवम् नेपाली काँग्रेसका भूतपूर्व केन्द्रीय सदस्य हरिशंकर परियार एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित समारोहमा पूर्व सहायक मन्त्री परियारलगायतका करिब एक दर्जन नवप्रवेशीहरूलाई माओेवादीका अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो ।अन्य नवप्रवेशीहरूमा पूर्व जिल्ला शिक्षा अधिकारी बलबहादुर परियार, नेपाल मजदुर किसान पार्टीका पूर्व क्षेत्रीय सदस्य चक्रमान विश्वकर्मा, सिलाई व्यवसायी सङ्घका केन्द्रीय सदस्य भोजराज सिवा, एमालेका सक्रिय सदस्य लालबहादुर परियार, नेकपा एमालेका झापा जिल्ला समिति सदस्य कमलराज लुइँटेल, प्ररायुसंघ काठमाडौंका सदस्य तथा पूर्व जिल्ला समिति सदस्य नरेश महार्जन र सुरेन्द्र चुडाल हुनुहुन्छ ।अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिन पार्टी पछि नपर्ने विश्वास दिलाउनुभयो । जनयुद्धको समयमा दलित समुदायले प्रदर्शन गरेको त्याग, तपस्या र समर्पणभावको उहाँले मुक्तकण्ठाले प्रशंसा गर्नुभयो । ‘अझै पनि दलितहरूको पूर्ण मुक्ति भएको छैन । अर्को रूपमा संघर्ष जारी छ,’ प्र
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com