cancel
पर्सा (वीरगन्ज), माघ ३- वीरगन्ज–पथलैया औद्योगिक करिडोर उद्योगको उत्पादन पुस महिनामा जम्मा दस दिनमात्रै सुचारु भएको छ। विभिन्न राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, जातीय सङ्गठन र स्वयम् मजदुर हडतालका कारण करिडोर उद्योगको उत्पादन ह्वात्तै घटेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ। करिडोरमा ठूला तथा साना गरी दुई सयभन्दा बढी उद्योग सञ्चालनमा रहेकामा पुस महिनामा २० दिन पूरै बन्द र हडतालका कारण उद्योगको उत्पादन ठप्प भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अशोक टेमानीले बताए। एक दिन उद्योग बन्द हुँदा १० करोड घाटा लाग्नेमा २०–२० दिनसम्म उद्योगको उत्पादन ठप्प हुँदा आफूहरुले अर्बौंको घाटा बेहोर्नु परेको करिडोरका उद्योगीले गुनासो गरेका छन्। बन्द, हडताल गर्ने प्रवृत्ति तत्काल अन्त्य नभएमा उद्योगहरुले मात्रै नभई राज्यले समेत ठूलो क्षति बेहार्नुपर्नेमा उनीहरुले सतर्क गराएका छन्। - रासस
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com